बोलबम यात्रा (फोटो फिचर)

सुन्दरीजलमा मध्यरातमा शिवभक्त

सुन्दरीजलमा मध्यरातमा शिवभक्त
+
-

सुन्दरीजल, काठमाडौँ – साउन महिनाको तेस्रो सोमबार पनि शिव मन्दिरहरुमा भक्तजनहरुको घुईँचो लागेको छ । साउन महिनाको सोमबार ब्रत बसी भगवान शिवजीको पूजा आराधना गरे मनले चिताएको पुग्ने धार्मिक विश्वास रही आएको छ ।

साउन महिनामा भगवान शिवजीको विशेष महिना भएको हुनाले यस महिनामा शिव मन्दिरहरुमा पूजा गरे वर्षातका कारण हुने प्राकृतिक विपत्ति पनि टरेर जाने धार्मिक विश्वास रही आएको छ । साउन महिनाको सोमबार ब्रत बसे धर्म, अर्थ, काम र मोक्ष सबै प्राप्ती हुने भएकाले शिव मन्दिरहरुमा भक्तजनहरुले ब्रत बसी जल चढाएर पूजा गर्ने प्रचलन रहिआएको मन्दिरका पूजारीले बताएका छन् ।

यस्तै यो महिना शिवभक्तहरु बोलबम यात्रामा पनि निस्कन्छन् । बोलबम यात्राको क्रममा तिर्थालुहरु विभिन्न नदीनाला तथा जलासयमा गएर स्नान गर्ने तथा त्यहाँको जल लगेर शिव मन्दिरमा चढाउने गर्छन् ।

बोलबम यात्रीहरु साउनको तेस्रो सोमबारको स्नानका लागि सुन्दरीजल पुगेका छन् । सुन्दरीजलमा आइतबार रातिदेखि नै बोलबम यात्रीको घुइँचो लागेको थियो । त्यहाँ पुगेका बोलबम यात्रीले मध्यरातमा स्नान गरेका छन् । मध्यरातमा त्यहाँ स्नान गरेकाहरु पुनः यात्रामा निश्किए ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले मध्य रातमा सुन्दरीजलमा बोलबम स्नानका लागि पुगेकाहरुको श्रद्धाभाव केही तस्बिरमा समेटेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?