गण्डकी प्रदेशले मन्त्रालयको संख्या १० पुर्‍याउने

गण्डकी प्रदेशले मन्त्रालयको संख्या १० पुर्‍याउने
+
-

पोखरा- गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या थप गर्ने तयारी गरेको छ। मातहतका सरकारी कार्यालयहरुको संगठनात्मक संरचना र कर्मचारी दरबन्दी समेत हेरफेर गर्ने गरी तयारी थालेको हो।

मन्त्रालयको संख्या र संगठनात्मक स्वरुप निर्धारण गर्न प्रदेश सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)लाई जिम्मेवारी दिएको थियो। प्रदेश सरकारलाई टोलीले सुझाव प्रतिवेदन पेस गरिसकेको छ।

उक्त टोलीले निष्कर्ष सहितको प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण गर्दै मन्त्रालयको संख्या १० पुर्‍याउन सकिने सुझाएको छ।हाल रहेका मन्त्रालयमा जिम्मेवारी थपघट भइरहेकाले मन्त्रालयको संख्या थप्न सुझाव दिइएको कलेजका कार्यकारी निर्देशक पुण्य न्यौपानेले जानकारी दिए।प्रदेशमा मुख्यमन्त्री सहितका ७ मन्त्रालय छन्।

त्यस्तै, प्रदेशका ११ वटै जिल्लामा एकीकृत सेवा केन्द्र लागु गर्ने। हरेक मन्त्रालयहरुमा महाशाखा र शाखाहरु समेत हेरफेर गर्न सकिने प्रतिवेदनले सुझाएको छ। प्राविधिक र विशिष्टकृत कर्मचारी निश्चित समयका लागि आवश्यक हुने भएकोले करारमा राख्न सुझाव दिइएको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै मन्त्रालयलाई एक हप्ताभित्र प्रतिवेदन माथिको मन्त्रालयगत सुझाव पेस गर्न निर्देशन दिएका छन्। प्रतिवेदनमाथि अन्तिम छलफल गरेर स्वीकृतिका लागि संघीय सरकार समक्ष पठाउने प्रदेशको तयारी छ।

छलफलमा मुख्यमन्त्री गुरुङले विद्यामान कर्मचारी संरचनामा नयाँपन आवश्यक रहेको बताए। उनले भने, ‘पोलिटिकल लेबलमा मात्र क्रान्ति भयो, ब्युरोक्रेसी लेबलमा भएकै छैन, सुरक्षा निकायमा भएकै छैन, यो जरुरी छ अनि मात्र आर्थिक क्रान्ति र आर्थिक समृद्धि सम्भव छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?