यसरी पकाइन्छ हाम्रो घरसम्म आइपुग्ने केरा (भिडियो स्टोरी)

+
-

हरेक मौसममा पाकेको केरा बजारमा पाइन्छ। हामीले बजारबाट किनेर खाने केरा विषादी हालेर पकाइएको हुन्छ। किनभने बोटबाटै पाकेको केरा बजारमा ल्याएर बिक्री गर्न त्यति सम्भव हुँदैन। विषादी हालेर पकाइएको केरा खाँदा स्वास्थ्यमा समस्या निम्तिने चिकित्सकहरु बताउँछन्।

काठमाडौँको कुलेश्वरमा २०४८ सालमा स्थापना भएको नेपाल फलफूल थोक व्यवसायी संघले विषादीको प्रयोग नगरेरै केरा पकाउने गरेको छ। संघका वरिष्ठ उपाध्यक्ष रुद्र पाठकले करिव २० वर्षको कार्य अवधिमा फलफूल पकाउन विषादी प्रयोग नगरेको दाबी गरे। उनले फलफूल पकाउन परम्परागत प्रविधि अपनाउने गरेको बताए।

पाठकका अनुसार केरा लगायतका फलफुल पकाउन टिनको बट्टामा काठको धुलो भरेर त्यसमा आगो बाल्नुपर्छ। त्यसपछि बन्द कोठामा केरा राख्ने र त्यो आगो बालेका बट्टाहरु कोठाको एउटा कुनामा राख्ने। यसरी ढोका बन्द गरेर राखे गर्मी महिनामा आठ देखि १४ घन्टामा केरा पाक्छ भने जाडोमा ३६ घण्टासम्म सढमय लाग्छ। यो प्रविधिमा कुनै किसिमको केमिकल अथवा रसायन नमिसाइने हुनाले स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याइँदैन।

भिडियो हेर्नुहोस्:

परम्परागत प्रविधि प्रयोग गरेर पकाइएको केराको अवधि भने तीन दिन मात्रै हुन्छ। यदि तीन दिनसम्म पनि केरा बिक्री भएन भने सड्न थाल्छ। यो प्रविधिबाट पकाइएका केराहरुले समयमै बजार पाएन भने व्यापारीले नोक्सानी बेहोर्नुपर्छ। त्यसैले परम्परागत प्रविधिको विकल्पमा अहिले आधुनिक प्रविधि पनि अपनाउन थालिएको छ। जुन प्रविधिबाट पकाइएका केराको अवधि आठ देखि १० दिनको हुन्छ। यो प्रविधिमार्फत केरालाई २८ देखि ३६ घण्टासम्म मेसिनमा राखिन्छ। यो प्रविधि पनि स्वास्थ्यका लागि हानिकारक नरहेको फलफूल थोक व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष पाठकको दाबी छ।

विषादी प्रयोग गरेर तयार पारिएका तरकारी तथा फलफुल नेपाली बजारमा छ्याप छ्याप्ती पाइन्छन्। सरकारले जनस्वास्थ्यमाथि खेलवाड हुन नदिन विषादी परीक्षणको प्रभावकारी व्यवस्था लागु गर्नुपर्छ। व्यापारीहरुले पनि इमान्दार बन्न आवश्यक छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?