
हुम्ला-मध्य हुम्लाका तीन वटा गाउँपालिका सिमकोट खार्पुनाथ र सर्केगाडमा खोरेन र जिब्रेन रोग लागेर पशु मर्न थालेका छन्। रोग लागेपछि औषधि र कर्मचारीको अभावले उपचार नहुँदा यी रोग लागेका पशु मर्न थालेका हुन।
खर्कमा रहेका पशुमा खोरेन तथा जिब्रेन रोग लागेर पाँच वडा पशु मरेको खर्पानाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए। अरु पचास साठी भन्दा बढी अग्ला खर्कमा रहेका पशुहरुलाई रोग लागेको जानकारी आएको उनले बताए।
नयाँ कार्यक्रम कार्यान्वयन पनि नआई सकेको र समायोजन पछि कर्मचारीको अभाबले उपचारमा समस्या भएक हो। बेलामा उपचार हुन नसकेर धेरै पशुबस्तुमा यो रोग सर्न सक्ने भएको कारण गाउँपालिकाले पशुतर्फका कर्मचारीलाई पछि व्यववस्था गर्ने गरि परिचालन गरेको अध्यक्ष रावलले बताए।
गाउँपालिकाको पशुस्वास्थ्य शाखामा समायोजन पछि कुनै कर्मचारीको व्यवस्था भएको छैन।रोग गाई, गोरु, झोपा, झुमा लगाएतका पशुमा लागेको छ।
यता सिमकोट गाउँपालिकाको वडा नम्बर ७ मा पनि पशुबस्तुमा यो रोग लागेको स्थानीय मन्दिर सिंहले बताए।
चारवटा आफ्नै पशुमा लागेको बताउदै उपचारमा समस्या भएको उनले बताए। वडाका अरु गाउँलेका पचास भन्दा बढी पशुबस्तुमा पनि रोग फैलिएको तर उपचारको कुनै ब्यबस्था हुन सकेको छैन।
खुट्टामा लागेको खुरेन रोग जिब्रोमा पनि सर्के गरेको र त्यपछि पशुले र्याल छोड्न सुरु गर्ने र घाँस पनि नखाने उनले बताए।पशुमा खोरेन जिब्रेन रोग निक्कै फैलिएकोले यसका लागि चाँडो पहल हुनुपर्ने देखिएको छ।
समा सिमकोट गाउँपालिकाको पशुसेवा शाखाले खबर आए तत्काल उपचारको व्यवस्था गर्ने जनाएको छ।सुरुमा सर्केगाड गाउँपालिकाको वडा नम्बर सातमा देखिएको उक्त रोगको त्यता उपचार भइरहेको छ।