संघीय सरकार विकासको बाधक बनेको मुख्यमन्त्री राउतको आरोप

संघीय सरकार विकासको बाधक बनेको मुख्यमन्त्री राउतको आरोप
+
-

जनकपुरधाम– प्रदेशमा औद्योगिक वातावरण निर्माणको लागि संघीय सरकारले अप्ठ्यारो सिर्जना गरेको प्रदेश–२ को मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन्।

जनकपुरधाममा आइएलओ नेपालद्वारा आयोजित साना तथा मझौला उद्योगको लागि उपयुक्त वातावरण निर्माण सम्बन्धी सार्वजनिक निजी सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले यसतो आरोप लगाएका छन्।

उनले प्रदेश सरकारले औद्योगिक विकासको निम्ति पहल गरेपनि संघीय सरकारले समयमा आवश्यक ऐन कानून बनाउन नसकेको बताए।

प्रदेश सरकारले प्रदेश नं. २ मा लगानी गर्ने उद्योगहरुलाई २० वर्ष सम्म कर छुट गर्ने, जग्गाको व्यवस्थापन गर्ने जस्ता नीति अघि सारे पनि संघीय सरकारका मन्त्रीहरुले विभिन्न बखेडा झिकेर प्रदेशको अधिकार क्षेत्र भित्र हस्तक्षेप गर्न खोजेको आरोप लगाए।

मुख्यमन्त्री राउतले प्रदेश–२ का सबैभन्दा बढी युवा रोजगारीका लागि खाडी मुलुकमा जान बाध्य भएकोले उनीहरुलाई रोजगारमूलक तालिम दिएर साना व्यवसायहरु संचालनका लागि समक्ष बनाउन प्रदेश सरकारले ठोस योजनाका साथ अघि बढेको र त्यसको परिणाम केही दिन भित्रै देखिने दावी समेत गरे।

कार्यक्रमका प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाले प्रदेश सरकारले औद्योगिक विकासका लागि लिएको नीति बारे व्याख्या गरेका थिए।

त्यस्तै कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा औद्योगिक क्षेत्रको अवस्था र त्यसको चुनौतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’