नक्कली नोट छाप्ने मेसिनसहित सातजना पक्राउ, यस्तो छ नालीबेली

नक्कली नोट छाप्ने मेसिनसहित सातजना पक्राउ, यस्तो छ नालीबेली
+
-

धनगढी – कैलालीमा नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलबाट १७ गते उनिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका– १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे– १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उप–महानगरपालिका–३ का २४ वर्षे पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।

उनीहरु मध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले बताए ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान ब्रोदर कम्पनिको मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।

उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको छ ।

यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० नोट, पछाडिको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडिको भाग छापिएको १२ नोट बरामद गरिएको प्रहरी उपरीक्षक गिरीले बताए ।

यसका साथै एक हजारका ६८ नोट समेत बरामद गरिएको उनले बताए ।

यस्तै, विभिन्न हिसाब किताब लेखिएको डायरी, स्टिलको कैची, एक थान स्केल, एक थान मोवाइल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको एक थान स्ट्रयाम्प छाप पनि बरामद गरिएको छ ।

पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

प्रहरीले पछिल्लो पटक नक्कली नोट छाप्ने गिरोहका चारजना र यसअघि पक्राउ परेका तीन जनासहित सात जनालाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?