गुठी संस्थानलाई महानगरको पत्रः तालबाराही गुठीको जग्गा भाडामा नदिनू

गुठी संस्थानलाई महानगरको पत्रः तालबाराही गुठीको जग्गा भाडामा नदिनू
+
-

पोखरा-तालबाराही समिधा गुठीको जग्गा भाडामा दिने प्रस्ताव रोक्न गुठी संस्थान त्रिपुरेश्वर काठमाडौंलाई पोखरा महानगरपालिकाले पत्र पठाएको छ।

वर्षौदेखि तालबाराही मन्दिर गुठी व्यवस्थापनबाट संरक्षण हुँदै आएको जग्गा भाडामा दिन संस्थानले गरेको प्रस्ताव रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितलाई पत्र पठाएको बरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्माले जानकारी दिए।

पोखरा १८, सिम्पानीस्थित कित्ता नं. ४१९ मा रहेको झन्डैं ७१ रोपनीमध्ये ५५ रोपनी भाडामा दिन भन्दै गुठी संस्थानले असार १० गते प्रस्ताव आह्वान गरी प्रक्रिया अघि बढाएको थियो।

स्थानीय सरोकारवाला र तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले समेत विरोध गर्दै आइरहेकाले भाडामा दिने कार्य प्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ। ‘जग्गा भाडामा दिने प्रस्ताव विरुद्ध स्थानीय सरकार र अन्य सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण भएकाले उक्त लिजमा दिने कार्य स्थगन गर्नुहुन।’ पत्रमा भनिएको छ।

महानगरले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरा र जिल्ला प्रशासन कार्यालय कास्कीलाई समेत उक्त कार्य रोक्नका लागि जानकारीका साथ पत्र मार्फत अनुरोध गरेको महानगरले जनाएको छ।

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले समेत जग्गा हडप्न अनेक चलखेल भएको भन्दै भाडामा दिने संस्थानको प्रस्तावप्रति विरोध जनाउँदै आएको छ । ‘गुठी माथिको हस्तक्षेप हाम्रो परम्परा, संस्कार र संस्कृतिमाथिको हस्तक्षेप हो,’ समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

विद्यालयको जग्गा प्रकरण : महानगरले छानबिन गर्ने


विद्यालय व्यवस्थापन समिति र प्राध्यानाध्यापक मिलेर न्यून मूल्यमा वर्षौसम्म जग्गा भाडामा लगाइएको सम्झौता उपर महानगरले छानबिन गर्ने भएको छ ।
पोखरा १८, जामुनबोटस्थित रत्न आधारभूत विद्यालयको १५ रोपनी जग्गा वार्षिक १८ हजारमा २० वर्षका लागि भाडामा लगाइएको देश सञ्चारमा समाचार प्रकाशित भएपछि महानगरको ध्यानाकर्षण भएको हो।

विद्यालयले विसं २०६८ साउन १७ गते प्रेमप्रसाद पराजुलीलाई उक्त जग्गा सुम्पिएको थियो । साविक सराङकोट गाविस ६, स्थित कित्ता नं. १८३ मा भएको झन्डैं ९७ रोपनी जग्गामध्ये दक्षिण पूर्त तर्फको १५ रोपनी जग्गा भाडामा लगाउने सम्झौता थियो।

सम्झौता गर्ने तत्कालिन प्राध्यानाध्यापक बासुदेव पराजुली र जग्गा भाडामा लिने प्रेमप्रसाद पराजुलीलाई महानगरले छलफलका लागि बोलाएको छ। सम्झौतामा उल्लेख भएका कार्यहरु हाललाई स्थगित राखि साउन २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको महानगरका बरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए । ‘सम्झौतासँग सम्बन्धित सबै कागजात मगाएका छौं,’ उनले भने, ‘छलफल पछि कानुन अनुसार अघि बढ्छौ।’

विद्यार्थीको संख्या न्यून भएपछि बन्द भएको रत्न आधारभूत सराङकोटस्थित जनजागृती माविमा मर्ज भएपछि मात्रै सम्झौता भएको ८ वर्षपछि मात्रै तथ्य बाहिर आएको थियो।

जनजागृती विव्यसले तत्कालिन समयमा विद्यालयले गरेको सम्झौता अस्वभाविक देखिएको भन्दै अध्यक्ष डिलबहादुर जिसीको संयोजकत्वमा १ छानबिन समिति गठन गरिसकेको छ।

पराजुलीको उक्त क्षेत्रमा ‘जामुनबोट एग्रो टुरिजम प्रालि’को नामबाट रेस्टुरेन्ट सञ्चालनमा छ। त्यसको केही माथिपट्टि बाख्रा, कुखुरा लगायत फार्म सञ्चालन गरिरहेका छन्। सम्झौतामा तत्कालिन विव्यसका अध्यक्ष इन्द्रबहादुर थापा समेत सामेल छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?