हुम्लामा राष्ट्रिय बाणिज्य बैंकले एक वर्षमा एक करोड नाफा कमायो

हुम्लामा राष्ट्रिय बाणिज्य बैंकले एक वर्षमा एक करोड नाफा कमायो
+
-

सिमकोट-राष्ट्रिय बाणिज्य बैंकको, सिमकोट (हुम्ला) शाखाले आर्थिक वर्ष ०७५/०७६ मा ९९ लाख ६२ हजार ८ सय ७९ रुपैयाँ खुद नाफा गरेको छ। तर बैंकले वार्षिक रुपमा राखेको लक्ष्यमा भने पुरा गर्न सकेन।

राष्ट्रिय वाणिज्य बैंकको सिमकोट शाखाले वार्षिक लक्ष्य एक करोड सात लाख ७४ हजार दश रुपियाँ राखेकोमा लक्ष्यभन्दा आठ लाख ११ हजार १ सय ३० रुपियाँ कम नाफा कमाएको बैंकका प्रबन्धक ठानसिंह बिष्टले बताए।

यस्तो हुनुमा मुख्य रुपमा कर्मचारीकाे अभाव, कामको चापले कर्जाको व्याज असुली हुन नसक्नु र भएका कर्मचारीहरु पनि असार महिनामा बिदामा बस्नाले बैंकले लक्ष्य अनुसार नाफा कमाउन नसकेकाे हाे।

बैंकले एक वर्षमा दुई करोड ५२ लाख ४० हजार ७ सय ९९ रुपैयाँ नाफा कमाएकोमा एक करोड ५२ लाख ७७ हजार ९ सय १९ रुपियाँ खर्च भएको बैंकले जनाएको छ।

एक बर्षमा बैंकले जम्मा निक्षेप ७२ करोड १९ लाख ४६ हजार ३ सय ४४ रुपियाँ रहेको र जम्मा कर्जा २७ करोड १० लाख ४१ हजार ९ सय ७२ रुपैयाँ रहेको जनाएको छ। बाणिज्य बैंक हुम्ला जिल्लामा सबैभन्दा बढी कारोबार हुने बैंक हाे।

साउन महिना लागेसँगै राष्ट्रिय बाणिज्य बैंकमा सेवाग्राहीहरुको चाप घटेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?