हेड सरले विद्यार्थीलाई बेहाेस हुन्जेल कुटेकाे गरेकाे आराेप

हेड सरले विद्यार्थीलाई बेहाेस  हुन्जेल कुटेकाे गरेकाे आराेप
+
-

बागलुङ – प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन्।

बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।

कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए।

अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको र उनी बेहोस नहुन्जेलसम्म कुटपिट गरेको पौडेलले गुनासो गरे।

‘छोराका साथीहरुले भनेको सुन्दा धेरैबेर कुटपिट गरेपछि ऊ बेहोस भएको थियो’, पौडेलले भने, ‘माथिल्लो दाँत खसेकाले त्यहीँका शिक्षकले खबर गरेपछि हामी पुगेर ल्याएका हौँ’, पीडितकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै उपचार गरेर राखिएको छ।

जिल्ला सदरमुकामा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेका पौडेललाई राम्रो पढाई भएको भन्दै कक्षा ८ मा गणेश मावि लगिएको थियो।

बाबु प्रेमप्रसाद शर्मा पौडेल पनि शिक्षण पेशामा छन्। ‘पठनपाठन राम्रो हुन्छ भनेर गणेश माविमा पठाइयो’, उनले, ‘म पनि शिक्षक हो, विद्यार्थीलाई कुटपिट गर्न पाइँदैन।’

ती शिक्षकविरुद्ध कानूनी उपचारमा जाने बताउँदै पौडेलले कुशल खेलाडीसमेत भएकाले सामान्य चोटबाट उनी पीडित नहुनुपर्ने बताए।

विद्यालयमा कुटपिट भएको विषयमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत सम्पर्क गर्न खोज्दा सम्पर्क भएन। सोही विद्यालयका एक शिक्षकले भने कुटपिट भएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?