महिला हिंसा न्यूनिकरण गर्न बनाइएकाे ‘हेलाे सीएम’ एप प्रयोगविहीन

महिला हिंसा न्यूनिकरण गर्न बनाइएकाे ‘हेलाे सीएम’ एप प्रयोगविहीन
+
-

जनकपुरधाम– प्रदेशमा बढदै गएको अपराधलाई न्यूनिकरण गर्न प्रदेश–२ सरकारले ल्याएको ‘हेलाे सीएम’ एप प्रभावहीन भएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सिएम’ एप सार्वजनिक गरेका थिए। तर त्यो एप विना कुनै प्रयोग गुगलको प्ले स्टोरबाट हराएको छ। सार्वजनिक भएको केही दिनमै एप प्ले स्टोरबाट हराएको थियो। अहिले प्ले स्टोरमा एउटा ‘हेलाे सीएम’ देखिए पनि यो एप अन्य प्रदेशको हाे।

एप्लिकेशनलाई लन्च गर्ने समयमा प्रदेश सरकारले यसले अपराधलाई न्यूनिकरण गर्न ठुलो भूमिका खेल्ने दाबी गरेका थिए। उक्त दाबी घोषणामा मात्रै सिमित भएको देखिन्छ।

२०७५ साल कार्तिक ११ गते आयोजित समुदाय–प्रहरी साझेदारी सम्बन्धि कार्यक्रममा एप सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले महिला हिंसा न्यूनिकरणमा यो एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए तर सार्वजनिक भएको केहि समयपछि नै उक्त एप प्रयोगविहीन भएको छ।

महिला हिंसामा परेको बेला एप डाउनलोड भएको मोबाइल तीनपटक हल्लाए त्यो जानकारी नजिकको प्रहरी कार्यालयमा आकस्मिक कलको रुपमा पुग्ने र पीडितको लोकेसन पनि प्रहरीले थाहा पाउने एप निर्माता इन्जिनियर आदित्य राजले दाबी गरेका थिए।

शहरका विभिन्न संवेदनशील ठाउँमा राखिएको सिसिटिभी क्यामेराले कैद गर्ने दृश्य अनुगमनको लागि प्रहरीसँग आवश्यक संयन्त्र र व्यवस्था छन्। तर हेल्लो सिएम एपका लागि भने त्यस्तो व्यवस्था छैन। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महिला हिंसा सम्बन्धि जानकारी फोनमार्फत आउने गरेको भएतापनि हेलाे सीएम बारे कुनै जानकारी नरहेको बताए।

यता प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र कुमार यादवको अनुसार ‘हेलाे सिएम’ एप पूर्ण रुपले निर्माण नभएकोले अहिले प्रयोगमा आएको छैन्। उनले भने, ‘हेलाे सीएम एप चाँडै प्रदेश २ को ८ वटै जिल्लमा लन्च गर्छौ।’

यता एप निर्माता आदित्य राजका अनुसार करिब ६ लाखको आफ्नै लागतमा निर्माण गरेको हेल्लो सीएम एप सरकारले लागू नै गर्न सकेन। आफूले एप निर्माण गरेतापनि प्रदेश सरकारले त्यसलाई सञ्चालनमा नल्याउँदा अहिले प्रयोग विहिन भएको निर्माता राजले बताए।

उनले प्रदेश सरकारलाई पटक पटक यस एपको सञ्चालनको लागि भन्दा समेत यसप्रति प्रदेश सरकार गम्भिर नरहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?