सुदूरपश्चिमका पहाडी जिल्लाका ग्रामिण सडक बन्द, उपभाेग्य बस्तुकाे मूल्य आकासियाे

सुदूरपश्चिमका पहाडी जिल्लाका ग्रामिण सडक बन्द, उपभाेग्य बस्तुकाे मूल्य आकासियाे
+
-

धनगढी– वर्षायाममा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अधिकांश ग्रामिण सडकहरु बन्द भएका छन्। वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध भएपछि यातायात सेवा अवरुद्ध भएको हो।

सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, डोटी, बैतडी, दार्चुला र डडेल्धुरा जिल्लाका अधिकांश ग्रामिण सडकहरु बन्द भएका स्थानीयले बताएका छन्।

ग्रामिण सडक बन्द भएपछि अहिले गाउँगाउँमा खच्चर तथा मान्छेबाट माल सामान ढुवानी गरिने हुँदा दैनिक उपभोग्य बस्तु लगायत अन्य सामाग्रीको मुल्य आकासिएको छ।

‘हिउँदमा कच्ची सडकमा जताततै गाँउका कुना कन्दरामा पनि जीपहरु पुग्दथे’ बझाङको तलकोटकी करिश्मा बिकले भनिन्, ‘अहिले बाटो बन्द हुँदा बिरामी बोक्न समेत समस्या भएको छ।’

बझाङमा हिउँदको समयमा सेती नदीमा अस्थाई पुलबाट नदी पारिका गाउँपालिकाहरुमा यातायातका साधनहरु चल्नुका साथै अन्य स्थानमा पनि जीपहरु गुड्ने गरेका भएपनि अहिले बन्द छ।

जिल्लामा अहिले मुल सडक जयपृथ्बी राजमार्गबाहेक बुंगल नगरपालिकाको बागथला बिजगडा सडक खण्डमा मात्रै यातायातका साधनहरु चल्ने गरेका छन्।

ग्रामिण भेगका सडकहरु वर्षातका कारण खोलानाला र बाढी पहिरोले हिलाम्मे भएर अवरुद्ध भएपछि जिल्लाका दश वटा स्थानीय तहहरुको केन्द्रमा हिडेर जानु पर्ने अवस्था छ। ‘गाउँ जाने सडकमा यातायतको सेवा हिउँदका चार पाँच महिना मात्रै हुन्छ’, सुर्मा गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले भने।

वर्षायाममा गाउँ घर जाने अधिकांश सडक बन्द भएका छन्। हिउँदमा सेती नदीको पानी घटेपछि अस्थाई रुपमा काठेपुल हालेर सेती पारिका स्थानीय तह थलारा गाउँपालिका , खप्तड छान्ना गाउँपालिका , मष्टा गाउँपालिका र तल्कोट गाउँपालिकामा यातायातको सुबिधा भएपनि अहिले त्यहाँ पनि पूर्ण रुपमा सडकहरु बन्द भएका छन्।

यसका साथै दुर्गाथली गाउँपालिका, छबिस पाथीभेरा गाउँपालिका, केदार स्यूँ गाउपालिका र बित्थड चिर गाउँपालिकाका ग्रामिण भेगमा जाने जिपहरु पनि अहिले बन्द छन्।

यस्तै बाजुरा जिल्लाका सबै ग्रामिण सडकहरु पनि एक साता यता बन्द भएका छन्। सदरमुकाम मार्तडीबाट कोल्टी जाने सडक, खप्तड छेडेदह गाउँपालिका जाने सडकका साथै त्रिवेणी नगरपालिका जोडने सडक पनि पहिरोका कारण बन्द भएका छन्।

‘सदरमुकाम जोड्ने मुख्य सडक समेत ठाउँ ठाउँमा पहिरो जाँदा पटक–पटक अवरुद्ध हुने गरेको छ’, खप्तड छेदेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले भने, ‘वर्षासँगै ठाउँ ठाउँमा पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामिण सडक पुर्णतया अवरुद्ध बनेका छन्।’

अछाम जिल्लाका अधिकांश ग्रामिण सडक पनि पहिरोका कारण अवरुद्ध बनेका साँफेबगर नगरपालिकाका कविराज जोशीले बताए। उनले भने–‘बर्षायाम लागेसँगै ठाउँ ठाउँमा पहिरो जाँदा ग्रामिण सडकहरु बन्द भएका छन्, मुख्य सडक सम्म पुग्न दुई तिन दिन सम्म हिडनु पर्ने अवस्था छ ।’ ग्रामिण सडकहरु बन्द भएपछि विभिन्न सामाग्रीको मूल्य बढेको स्थानीयको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?