तिलिचो भन्दा माथि छन् एक दर्जन हिमताल

हिमाल पग्लेर तिलिचो भन्दा माथि ठूलो ताल

हिमाल पग्लेर तिलिचो भन्दा माथि ठूलो ताल
+
-

नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तालका रुपमा रहेको तिलिचो तालको परिचय फेरिने देखिएको छ । तिलिचो ताल भन्दा पनि माथिल्लो क्षेत्रमा नयाँ ताल भेटिएको छ ।

समुद्र सतहबाट ५२ सय मिटरको उचाईमा काजिन सारा नाम गरेको ताल केही महिनाअघि पर्वतारोहीले पत्ता लगाएका थिए ।

सो ताल चामे गाउँपालिकाको सिङ्गारखर्कमा फेला परेको हो । कजिन सारा तालको लम्बाई १५ समय मिटर तथा चौडाइ ६०० मिटर रहेको जनाइएको छ । ताल ५२ सय मिटरको उचाईमा रहेको भनिए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ । हिमाल पग्लेर आएको पानी जम्मा भएर ताल बनेको बताइन्छ ।

तिलिचो ताल । तस्बिर : रोमन याहोद्का

सिङ्गारखर्कमा ताल छ भन्ने सुनेको भए पनि कहाँ छ भन्ने थाहा नभएको अवस्थामा आफूसहित स्थानीय अगुवा समेत २९ जनाको टोली तालको खोजी गर्दै गएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिएका छन् । झण्डै तीन हप्ताअघि आफूहरु सो क्षेत्रमा गएको र ताल फेला पारेको गाउँपालिका अध्यक्ष घलेले जानकारी दिए ।

आफूहरुले लिएर गएको जिपिएस मेसिनले ताल रहेको क्षेत्रको उचाई ५२ समय मिटर देखाएको उनले जानकारी दिए । यसको आधिकारिक पुष्टिका लागि गाउँकार्यपालिकाको बैठक मार्फत आधिकारिक नापीका लागि नापी विभागमा पत्र पठाउने तयारी भएको गाउँपालिका अध्यक्ष घलेले बताए ।

उनले भने, ‘हामीले ताल रहेको ठाउँको उचाई, त्यसको भौगोलिक अवस्था तथा जोखिम वा सम्भावना, त्यहाँसम्म पुग्ने मार्गसहित बारे विस्तृत अध्ययनका लागि आग्रह गर्ने तयारी भइरहेको छ ।’

सदरमुकामबाट २४ किलोमिटरको दूरीमा रहेको कजिन सारा ताल पुग्न पैदल १८ घण्टा लाग्ने गाउँपालिका अध्यक्ष घलेले बताए । तर त्यहाँसम्म पुग्ने आधिकारिक रुट पहिचान भइसकेको छैन । मनाङ्गमै रहेको तिलिचो ताल थाङ्गसार हुँदै जानु पर्ने गाउँपालिकाका लेखापाल नमनारायण मल्लले जानकारी दिए ।

कजन सारा विश्वकै उच्च स्थानमा रहेको ताल हुन सक्ने चर्चा गरिएको थियो । तर नयाँ कजिन सारा तथा तिलिचो ताल अग्लो स्थानमा रहेका शीर्ष १० तालमा पनि पर्दैनन् । तिलिचो नेपालका तालहरुमा सबैभन्दा उच्च स्थानमा रहेको तालका रुपमा लिने गरिएको थियो अहिलेसम्म, नयाँ ताल रहेको स्थानको आधिकारिक उचाई अहिले भनिए जस्तै ५२ सय मिटर पुष्टि भएमा कजिन सारा ताल नेपालको उच्च स्थानमा रहेको ताल हुनेछ ।

तर हिन्दकुश हिमालय क्षेत्रका तालहरु तथा पर्यावरणबारे अध्ययन गर्दै आएको इसिमोडका अनुसार नेपालमै तिलिचो भन्दा माथिल्लो उचाईमा १२ हिमताल छन् । यस्तै नयाँ फेला परेको कजिन सारा ताल भन्दा माथिल्लो स्थानमा ११ वटा हिमताल छन् ।  तिलिचो ताल समुद्री सतहबाट ४९ सय १९ मिटरको उचाई छ ।

तिलिचो भन्दा माथिल्लो क्षेत्रमा रहेका नेपालका १२ हिमतालहरु

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?