विदेश पठाएको पैसा असुल्न गरिबको घरमा डोजर, परिवारको बिचल्ली

विदेश पठाएको पैसा असुल्न गरिबको घरमा डोजर, परिवारको बिचल्ली
+
-

जनकपुर – विदेश उडाएको पैसा नदिएको भन्दै महोत्तरीमा एक एजेन्टले एक गरीबको घर डोजर लगाएर भत्काएका छन् । महोत्तरीको भंगहा नगरपालिका १ कविलासा पूर्वारीटोल घर भएका पनित शेखको घर स्थानीय एजेन्ट बद्री ठाकुरले डोजर चलाएका हुन् ।

शनिबार आफ्नो सम्पूर्ण परिवारलाई घरबाट निकाला गरी एजेन्ट ठाकुरले एकाएक डोजर चलाएर भत्काएको शेखकी श्रीमती जाहिरा खातुनले दुखेसो गरेकी छिन् ।

घर भत्काएपछि शेखका सम्पूर्ण परिवार विस्थापित भएका छन् । उनीहरु अहिले सडक छेउमा त्रिपालको ओत लगाएर बसिरहेका छन् । यता महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटना विषयमा थोरै जानकारी भएको बताउदै पीडितले उजुरी लिएर आएको खण्डमा कारबाही गर्ने बताए ।

पीडितको जाहिरीका अनुसार शेख अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा छन् । आठ वर्ष अघि एजेन्ट बद्री ठाकुरले शेखलाई २० हजार रुपैयाँमा राम्रो काम र कमाई हुने कम्पनीमा विदेश पठाइदिने बताएपछि उनी विदेश गएका थिए ।

तर शेखले त्यहाँ गएपछि राम्रो काम र तलब पाएनन् । पीडित जाहिराका अनुसार पति शेख विदेश गएपछि आफ्नो ससुरा अहम शेखसँग एजेन्ट ठाकुरले छलेर ८५ हजार रुपैयाँको तमसुक बनाए । त्यही पैसाको व्याजको स्याज गरी एजेन्ट ठाकुरले मोटो रकम मागिरहेका थिए । उनले जिल्ला अदालत महोत्तरीमा मुद्दा समेत दिएका थिए ।

शेखको सम्पत्तिकाे नाममा ५ धुर घडेरी मात्र रहेको छ । त्यहि घडेरीमा टिनको छानो भएको काठ र माटोले बनाएको सानो घर थियो । शेखको ४ छोरी र २ छोरा छन् । विदेश गएपछि कमाएको पैसाले जेठी र माहिली छोरीको बिहे गरेको श्रीमती जाहिराले बताइन् । जाहिराको दुई छोरी विवाह गरेर आ-आफ्नो घर गैसकेको भएपनि घरमा १७ र १५ वर्षको दुई छोरी र १० र ८ वर्षका दुई छोरा छन् ।

घरमा एजेन्ट ठाकुरलाई दिन पतिले पठाएको डेढ लाख र आफ्नो बुबाले दिएको ५० हजार गरी २ लाख रुपैयाँ, केहि सुनचाँदीको गरगहना र खाद्यान्न, लत्ता कपडा समेत निकाल्न नदिएर घरमाथि डोजर चलाएर क्षति तुल्याएको पीडित जाहिराको दुखेसको छ ।

आफूहरुमाथि पैसा अशुल गर्न अदालतमा मुद्दा दिएपछि गत असार महिनामा एजेन्ट ठाकुरलाई हार गुहार गर्दै ३ लाख रुपैयाँ लिएर हरहिँसाब रफादफा गर्न भन्दा समेत नमानेको र अहिले आएर एकाएक घरमाथि डोजर चलाएर उठिबास गराएको जाहिराको भनाई छ ।

उनले आफ्नो न्यायको लागि पहल गरिदिन सबैपक्षसँग गुहार गरेकी छन् । जाहिराका अनुसार केहि वर्ष अघि एजेन्ट ठाकुर राति राति घरमा पसेर ऋण छोडिदिने भन्दै अनैतिक सम्बन्धको प्रस्ताव गरेका थिए । तर होहल्ला गरेपछि उनी भागेका थिए । जसको समाजमा पञ्चायत समेत भएको थियो । त्यो रिसइबी साँध्नलाई समेत घर तोडेको हुन सक्ने केही स्थानीयको भनाई छ ।

उता एजेन्ट ठाकुरले शेखको घर आफूले नभत्काएर जिल्ला अदालत महोत्तरी र प्रहारी प्रशासनले भत्काएको दाबी गरे । शेखले विदेश जाने प्रयोजनमा नभई घर व्यवहारको लागि ७ वर्ष अघि २ लाख ५० हजार आफूसँग लिएको ठाकुरको भनाई छ ।

यता भंगहा नगरपालिकाका नगर प्रमुख संजिवकुमार साहले आफूले दुवै बिचको लेनदेनको मुद्दा मिलाउन तीन पटक पहल गरेको, तर मुद्दा अदालतमा गएकाले यसमा आफूले चासो नदेखाएको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?