प्रहरीले जनै र टुप्पी काटिदिएकाे भन्दै जिप्रका र मानव अधिकार आयाेगमा उजुरी

प्रहरीले जनै र टुप्पी काटिदिएकाे भन्दै जिप्रका र मानव अधिकार आयाेगमा उजुरी
+
-

धनगढी– कैलालीकाे चुरे गाउँपालिकामा रक्सी खाएर हाेहल्ला गरेकाे भन्दै पक्राउ परेका एक व्यक्त्तिले प्रहरीले आफ्नाे जनै र टुप्पी काटिदिएकाे आराेप लगाएका छन्।

साेमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै भानसिंह धामीले प्रहरीले आफ्नाे जनै र टुप्पी काटेर धार्मिक स्वतन्त्रता हनन् गरेकाे बताए।

कैलालीकाे चुरे गाउँपकालिका–६ फल्टुडे बस्ने धामीलाई रक्सी खाएर होहल्ला गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडेले साउन २० पक्राउ गरेको थियो। पक्राउपछि इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक माधव बिकले आफ्नो टुप्पी र जनै काट्न लगाएको धामीले बताए।

‘प्रहरीले टुप्पी र जनै काट्न लगाएर मेरो धार्मिक स्वतन्त्रामाथिको अधिकारलाई हनन् पुर्‍याउने काम गरेको छ’, उनले भने, ‘ममाथि प्रहरीबाटै अन्याय भयो, न्याय दिलाई दिन अनुरोध गर्दछु।’

उनले अगाडि भने, ‘मैले जीवनमा कहिल्यै मदिरा सेवन गरेको छैन, तर प्रहरीले मदिरा खाएको आरोप लगाएर मलाई झुठाे केसमा समातेको हो।’

धामीले साेमबार नै जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानव अधिकार आयाेगकाे क्षेत्रीय कार्यालय धनगढीमा प्रहरीले आफ्नाे धार्मीक स्वतन्त्रता हनन् गरेकाे भन्दै उजुरी समेत दर्ता गराएका छन्।

सो विषयमा इलाका प्रहरी कार्यालय फल्टुडेमा बुझ्न खोज्दा प्रहरी निरीक्षक बिक विदामा घर गएका र अन्य पदाधिकारीलाई कुनै जानकारी नभएको भन्ने जवाफ आयाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?