
धनगढी- लगातारको अविरल बर्षासँगै बाजुराको सर्वाधिक विकट गुम्वा गाउँमा आवतजावत बन्द भएको छ। आवत जावत बन्द संगै गुम्बागाँउ सम्पर्क विहिन बनेको छ।
हिमाली गाँउपालिका वडा नम्बर ३ मा पर्ने गुम्वा गाँउमा आवत जावत गर्ने बाटो पहिराले बगाउदा र नदिमा रहेका काठेपुल बगाउदा गाँउ नै अन्य गाउँसँग सम्पर्क बिच्छेद बनेको हो । त्यस संगै त्यस गाउँमा कुनै सञ्चार सेवा समेत छैन्।
सदरमुकाम मार्तडीबाट पैदल ४ दिन लाग्ने बिच्छँयाको गुम्वा गाँउ राज्यले त्यस गाँउका आवतजावत गर्ने पुल र बाटो नबनाउदा सधै बर्षादमा सम्पर्क बिहिन बन्दै आएको स्थानीय छिरिङ धोर्चे लामाले वताए । गुम्वा गाँउमा रहेका २५ परिवार सबैसम्पर्क बिहिन रहेका छन्।
त्यो गाँउमा के भयो, के हुदै छ र त्यस गाँउकाले राज्य के गर्दैछ, जिल्लामा के हुदै छ, सबै सुचनाबाट बिमुख रहेका वडा सचिब गौरी कान्त सञ्जालले वताए । बर्षाद शुरु भएदेखीनै गाँउका कुनै पनि सम्पर्क नआएको र त्यो गाँउ पनि जान नसकिएको सञ्जालले बताए।
गुम्वा बाट बिच्छँयाको बौडी सम्म आउनका लागि दुईवटा ठुला नदि रहेका छन् । ति नदिमा पुल छैन्, हिउँदमा काठेपुलको साहारामा वारपार गर्ने गरेका थिए । बर्षातको बाढि बगाउदा त्यस गाँउका बासिन्दाको अन्य गाँउ र जिल्लासँग पुरै सम्पर्क बिच्छेद भएको छ।
‘कहि कवाडी नदिको किनारा र कही भिर बाटो हिडनु पर्ने हुन्थ्यो’ बिच्छँयाका स्थानीय अगुवा अम्मलाल बुडथापाले भने–‘भिरमा पहिराले बाटो अबरोध र नदी किनारको बाटो नदीले बगाएपछि आवतजात पुर्ण रुपमा बन्द भएको छ।
’वडा सचिव गौरी कान्त सञ्जाले आफू पनि गुम्वा निकै बिकट भएकाले अहिले सम्म नगएको स्वीकार गरेका छन्। उनले भने-‘धेरै टाढा र समस्या छ भनेर सुनेको मात्र छु, त्यहाँ भने आफु अहिले सम्म पुगेको छैन।’