थानामा जुवाडे नअटाएपछि…

थानामा जुवाडे नअटाएपछि…
+
-

पोखरा– कास्की प्रहरीले दुई दिन गरेको अप्रेसनमा ४० जना जुवाडे पक्राउ परेपछि हिरासत कक्ष भरिएको छ।

पोखराका विभिन्न ५ ठाउँमा साउन २५ र २६ गते जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोलीले मारेको छापामा ठूलो परिणामको नगदसहित उनीहरु पक्राउ परेका हुन्।

एकैपटकमा ठूलो संख्यामा पक्राउ परेका जुवाडेलाई राख्न थुनुवा कक्षको क्षमताले थेग्न नसकेको जिप्रका कास्कीका मुद्दा शाखाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश सुवेदीले जानकारी दिए।

हिरासत कक्षको क्षमताभन्दा बढी व्यक्ति पहिले नै थुनामा छन्। अधिकतम ५० जनालाई हिरासतमा राख्न मिल्ने क्षमता जिल्ला प्रहरी कार्यालयमा छ। तर कास्की प्रहरीको हिरासतमा ८७ मुद्दाका १ सय ५४ जना आरोपीलाई अटाइनअटाई थुनिएको छ।

जुवातास सम्बन्धी गतिविधिमा पक्राउ परेकालाई सार्वजनिक मुद्दा चलाइने भएकाले पनि प्रहरीले २५ दिनसम्म हिरासतमै राखिने इन्स्पेक्टर सुवेदीले बताए। सार्वजनिक मुद्दामा म्याद थप गर्दै प्रहरीले हिरासतमा महिनादिनसम्म राख्नुपर्दा समस्या देखिएको हो।

‘दुई दिनमा नै धेरै मान्छे पक्राउ परे। हिरासत कक्ष सानो छ,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘त्यस कारण जिल्लाबाट १८ जना जुवाडेलाई वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा राखेका हौँ।’

सिसुवामा १०, बैदाममा सात, बगरमा ६ र रामबजारमा दुई जनालाई राखिएको उनले बताए। बैदामले समेत मुद्दा चलाउने अधिकार पाएकाले सात जनालाई वडाबाटै प्रक्रिया अघि बढाइएको इन्स्पेक्टर सुवेदीले जानकारी दिए।

१८ जना भने जिल्लाको हिरासत कक्षमा नअटाएपछि म्याद थप गर्दै वडा कार्यालयको थुनामा राखिएको हो। यसअघि पक्राउ परेकासहित जिल्ला र बैदाममा समेत गरेर ५२ जना जुवाडे प्रहरी हिरासतमा छन्।

कहाँ–कहाँबाट पक्राउ परे जुवाडे?


जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले दुई दिनमा पाँच ठाउँबाट ४० जुवाडे पक्राउ गरेको हो। उनीहरुबाट २ लाख ५८ हजार ३ सय २० रुपैयाँ नगदसमेत बरामद गरेको इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिए।

पोखरा ५ पर्स्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठामा शनिबार कास्की प्रहरीले छापा मार्दा ८ जना पक्राउ परेका थिए । उनीहरुबाट १ लाख २१ हजार १ सय ४० रुपैयाँ र ४ बुक तास बरामद गरेको सुवेदीले बताए।

शनिबार नै वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ नागढुंगास्थित नीरज होटलमा समेत छापा मारेको थियो। बालकृष्ण शर्माले सञ्चालन गरेको होटलको तेस्रो तलामा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका हुन् । उनीहरुबाट ६२ हजार ८ सय ३५ रुपैयाँ र ४ बुक तास प्रहरीले बरामद गरेको छ।

त्यस लगत्तै आइतबारसमेत अनुसन्धान तीव्र बनाएको कास्की प्रहरीले तीन ठाउँमा छापा मारेको थियो। पोखरा ३२ झैरीचोकस्थित स्थानीय रामराज पौडेलको गोठमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेको इन्स्पेक्टर सुवेदीले जानकारी दिए। उनीहरुबाट ३२ हजार ८ सय १५ रुपैयाँ र ४ बुक तास बरामद गरेको उनले बताए।

पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परे। उनीहरुबाट २५ हजार २ सय रुपैयाँ र तीन बुक तास बरामद भएको छ ।

सोही दिन पोखरा १० रामघाटस्थित होटल पर्वतमा समेत प्रहरीले छापा मारेको थियो। विष्णु गुरुङको घरमा उर्मिला लामिछानेले सञ्चालन गरेको होटलबाट ६ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट ३६ हजार ३ सय ३० रुपैयाँ र ४ बुक तास बरामद गरिएको इन्स्पेक्टर सुवेदीले जानकारी दिए। पक्राउ परेकामध्ये १२ जना महिला छन्।

प्रहरीले छापा मारेको ठाउँ पर्स्याङ, दीप र रामघाटमा जुवा खेल्ने खेलाउने कार्यमा महिला संलग्न रहेको पाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?