गण्डकी प्रदेशमा प्रांगारिक उत्पादनको बजार ग्यारेन्टी

गण्डकी प्रदेशमा प्रांगारिक उत्पादनको बजार ग्यारेन्टी
+
-

पोखरा– किसानले उत्पादन गर्ने प्रांगारिक उत्पादनको बजार प्रदेश सरकारले ग्यारेन्टी गर्ने भएको छ।

गण्डकी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ग्लोबल क्यापिटल इनभेष्टमेन्ट कम्पनीबीच बजार व्यवस्थापनबारे सम्झौता भएको हो।

मन्त्रालयको तर्फबाट सचिव दुर्गाप्रसाद दवाडी र ग्लोबल क्यापिटलको तर्फबाट अध्यक्ष देवमान हिराचनले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रदेशका किसानहरुले उत्पादन गर्ने प्रांगारिक कृषिजन्य उत्पादन देश तथा विदेशमा खपत गर्ने जिम्मेवारी ग्लोबल क्यापिटलको हुनेछ।

कृषि सम्बन्धी नयाँ विधि तथा प्रविधिका विषयमा समेत ग्लोबल क्यापिटलले सहयोग गर्नेछ। समन्वय भने मन्त्रालयले गर्ने भएको हो।

कृषि मन्त्री लेखबहादुर थापा मगरले किसानको उत्पादन बिक्री नहुने समस्या प्रदेशमा नरहने दाबी गरे।

कम्पनीसँग थप छलफल गरी विस्तृत कार्ययोजना नै बनाएर अगाडि बढ्ने उनले बताए। प्रांगारिक बजार प्रशोधन र प्रर्बद्धनमा सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

कृषिमा रसायानिक वस्तुको प्रयोेगलाई निरुत्साहित गर्दै प्रांगारिक उत्पादन बढाउने प्रदेश सरकारको नीति अनुसार नै सम्झौता भएको मन्त्री थापा बताउँछन्।

कम्पनीका अध्यक्ष देवमान हिराचनले प्रांगारिक उत्पादनको माग अत्यधिक भइरहेकोले प्रदेशको उत्पादनको विश्व बजारमा पु¥याइने जानकारी दिए।

कृषि मन्त्रालयले गरेको यो छैठौँ (एमओयु) हो। यसअघि चिनियाँ कम्पनी, कृषि विकास बैंक प्रदेश कार्यालय, कृषि वन विज्ञान क्याम्पस रामपुर, लिवर्ड र नापी विभागसँग कृषिका विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?