व्यथा लागेकाे २७ घण्टापछि हेलिकप्टरबाट उद्धार

व्यथा लागेकाे २७ घण्टापछि हेलिकप्टरबाट उद्धार
+
-

सिमकोट – हुम्लाकी एक महिलालाई सुत्केरी व्यथाले च्यापेको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार गरेर अस्पताल लगि ज्यान जोगाइएको छ ।

चंखेली गाउँपालिका वडा नम्बर ३ रोकायाबाडाकी अबकती बुढालाई व्यथा लागेको २७ घण्टा पछि सदरमुकाम सिमकोटबाट गएको हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पताल लगिएको थियो ।

हेलिकप्टरबाट उद्धार गरेर अस्पताल लगि भ्याकुमबाट अप्रेशन गर्दा आमा र बच्चा दुवैको ज्यान जोगिएको महिलाका श्रीमान् कालीबहादुर बुढाले बताए । २२ वर्षीया बुढाले दोस्रो सन्तान जन्माएकी हुन् ।

हेलिकप्टरबाट उद्धार गरी ल्याएपछि भ्याकुम अप्रेशन गरेर सफलतापूर्वक तीन केजी सात सय ग्रामको बच्चा जन्मिएको जिल्ला असपतालकी सिनियर अनमी सरिता बोहराले बताइन् । हाल आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको उनले बताइन् ।

चंखेलीमा गर्भवती महिला छट्पटाई रहेको खबर आउना साथ सिमकोटमै रहेका नीजि हेलिकोप्टरहरुसँग कुरा गरेर उद्धारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन् ।

मनाङ एयरको हेलिकोप्टरले उद्धार गरेको र यसको आर्थिक व्ययभार संघीय सरकारबाट वा प्रदेश सरकारबाट भुक्तानी हुने उनले बताइन् ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?