रक्सी खाएर होहल्ला गर्नेलाई छुटाउन राजनीतिक दबाब अस्वीकार्य, विवरण खुल्ने गरी सार्वजनिक गरिने

रक्सी खाएर होहल्ला गर्नेलाई छुटाउन राजनीतिक दबाब अस्वीकार्य, विवरण खुल्ने गरी सार्वजनिक गरिने
+
-

हुम्ला, सिमकोट – मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्ति जो कोहीलाई पनि पक्राउ गरी विवरण खुल्ने गरी सार्वजनिक गर्ने हुम्लाका स्थानीय अधिकारीले बताएका छन् ।

जाँडरक्सी सेवनका कारण अवान्छित गतिविधि बढ्न थालेपछि यस्ता गतिविधि न्यूनीकरण गर्न सरोकारवाला पक्षसँगको छलफल पछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो ।

घरेलु मदिरा नियन्त्रण गर्न र शिलबन्दी मदिराको प्रयोग व्यवस्थित गर्न अभियान सञ्चालन गर्नु अनिवार्य रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले विभिन्न घटनाको मुख्य कारण मदिरा देखिएकाले स्थानीय प्रशासन यस विरुद्ध लाग्ने बताईन् ।

सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा अब मदिरा बेलुका चार बजेदेखि आठ बजेसम्म मात्र बिक्री वितरण गर्न पाइने भएको छ । अपराधिक घटनाहरु बढी मदिरापान कै कारण हुन थाले पछि जनै पूर्णिमाको पूर्वसन्ध्यामा बसेको जनप्रतिनिधिहरु र सरोकारवाला पक्षको बैठकले सो निर्णय गरेको हो ।

त्यसैगरी बैठकले मदिरा सेवन गरेर होहल्ला गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्ने र मापसे जाँचपछि एक रात अनुसन्धानका लागि हिरासतमा राखेर जरिवाना गरी छोड्ने र यसरी मदिरा सेवन गरेर पक्राउ परेको व्यक्तिहरुको हिराईका लागि राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु कसैले दबाब दिन नपाइने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

हुम्ला आउने ढुवानी अनुदानको खाद्यान्नबाट घरेलु मदिरा उत्पादन हुने र यसको प्रयोगले समाजमा हिंसा तथा अपराधिक घटनाहरु बढ्ने गरेको बैंकले निष्कर्ष निकालेको थियो ।

बैठकमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष क्रमश पदमबहादुर लामा, कर्णबहादुर रावल, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष मन्जु बुढा, अदानचुलीका उपाध्यक्ष सौमती ऐडी सिमकोट , खार्पुनाथ र ताँजाकोट गाउँपालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?