आत्महत्याअघि पत्रकार पुडासैनीको भिडियो : युवतीलाई अघि सारेर रवि लामिछानेले मलाई मर्न बाध्य पारे

आत्महत्याअघि पत्रकार पुडासैनीको भिडियो : युवतीलाई अघि सारेर रवि लामिछानेले मलाई मर्न बाध्य पारे
+
-

काठमाडौँ- दुई साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ। उनी आफैँले रेकर्ड गरेको भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका छन्।

भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर रवि र युवराज कँडेलले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन्। रवि चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का सञ्चालक हुन्। यो कार्यक्रम न्युज ट्वेन्टी फोर टेलिभिजनबाट प्रशारण हुन्छ। कँड‍ेल पनि उक्त टेलिभिजनसँग आबद्ध छन्।

आफू न्युज ट्वेन्टी फोर टेलिभिजन छाड्ने मनस्थितिमा पुगेपछि युवराजले अस्ट्रेलिया लैजाने युवती मिलाइदिने भन्दै ती युवती (पछि प्रेमिका)सँग  भेट गराएको र त्यसपछि ती युवतीसँग सबै खालको सम्बन्ध भएको पुडासैनीले भिडियोमा बोलेका छन्। प्रेमिकाको व्यवहार मन नपरेपछि आफू टाढिएको र पछि न्युज ट्वेन्टी फोर टेलिभिजन नै छाडेको उनले भिडियोमा बताएका छन्।

‘तर मैले न्युज ट्वेन्टी फोर छाडेपछि साथीहरुले तँलाई रवि र युवराज मिलेर फसाँउदैछन् भन्ने सुनेँ। वास्तवमा मलाई प्रेमिका, रवि र युवराज मिलेर मर्न बाध्य बनाएका हुन्’, भिडियोमा पुडासैनीले भनेका छन्। उनले आफू धेरै समयअघिदेखि नै डिप्रेसनमा रहेको आरोप पनि लगाएका छन्। उनले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा संलग्न रहेको बेला आफूलाई धेरै शारिरीक तथा मानसिक दुर्व्यवहार भएको आरोप पनि लगाएका छन्। पुडासैनी विवाहित थिए।

गम्भीर आरोपको भिडियो सार्वजनिक भएपछि रवि लामिछानेले आरोप प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन्। ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउँदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठूलो भ्रम परेछ’, रविले  सामाजिक सञ्जालमा लेखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?