धानको मेलो सकेर कोदोतिर किसान

धानको मेलो सकेर कोदोतिर किसान
+
-

लमजुङ – यतिबेला लमजुङका किसानलाई कोदो रोप्न भ्याइनभ्याई छ। धानको बीउ रोपिसकेका किसानलाई साउन शुरु भएदेखि कोदो रोप्न भ्याइनभ्याई भएको हो।

दोर्दी गाउँपालिका–५ पाचोकस्थित सिमरुङगाउँका ४० वर्षीय कुमार तामाङले साउन २ गतेबाट कोदो रोप्न शुरु गरे। उनी बिहान–बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै  हुन्छन्।

अहिले कोदो रोप्न भ्याइनभ्याई छ, उनले अगाडि भने, ‘कोदो रोप्न सजिलो हुने र धान रोप्नका लागि जसरी कोदो रोप्न पर्याप्त पानी नचाहिने भएकाले गाउँमा रहेका २८ घरधुरीका सबैले कोदो रोप्दैछन्।’

धान रोपेर सकाएर कोदो रोप्न थालेका गाउँलेले साउन अन्तिमसम्म कोदो रोपिसक्ने सिमरुङका किसान सञ्जिल गुरुङले बताए। कोदो रोप्नलाई खासै पानी कुर्नु नपर्ने भएकाले असारमै धान रोपिसकेपछि कोदोमा व्यस्त भएको र यतिबेला गाउँमा करिब ६० प्रतिशत रोपाइँ भइसकेको स्थानीयवासी किसान रामशरण गुरुङले बताए।

त्यस्तै मर्स्याङदी गाउँपालिका–६ लामपाटागाउँकी शान्तिमाया तामाङ पनि कोदो रोपेर दिन बिताउँदै छिन्। आफूसँगै गाउँलेसमेत कोदो रोपाइँमा व्यस्त रहेको उनको भनाइ छ।

‘धान रोपिसकेर कोदो रोप्न थालेका छौँ। अहिले बिहान र बेलुका मात्र घरमा हुन्छौँ। दिउँसो बारीमा जान्छौँं।’,  घरमा हुनेबेला पनि ध्यान भने बारीमै हुने गरेको किसान तामाङले बताइन्। जिल्लाका अधिकांश किसानले बारीमा कोदो रोपेर सकाएपछि पर्म तिर्नका लागि अरुको मेलासमेत जाने गर्दछन्।

गाउँमा काम गर्नेको कमी छ, त्यसैले सबै मिलेर एकअर्काको काम गर्ने गरेको स्थानीयवासी किसान बताउँछन्। सुन्दरबजार नगरपालिका–११ तुरलुङकोटका किसानले समेत साउन १५ गतेबाट धमाधम कोदो रोप्न शुरु गरेको स्थानीय किसान सिजन दुराले बताए।

रोपाइँका लागि कोदोको बीउ गोड्दै काम सकेर कोदो रोप्न थालेको उनको भनाइ छ। गत वर्ष यो समयमा आधाआधी रोपाइँ गरिसके पनि यस वर्ष धान रोप्नलाई ढिलो भएकाले कोदो रोपाइँ पनि ढिलो हुन पुगेको उनको भनाइ छ।

कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले जिल्लाका किसान कोदो रोप्न व्यस्त भइरहेको बताए। उनले भने, ‘जिल्लाका किसानले कोदो रोप्न समयमै शुरु गरेको र हालसम्म ४० प्रतिशत कोदो रोपाइँ सकिएको छ।’

जिल्लाका दोर्दी, नाल्मा, भुलभूले, पसगाउँ, भोजे, गिलुङ, मालिङ, करापुलगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ।

केन्द्रका अनुसार जिल्लामा सात हजार ५१८ हेक्टर क्षेत्रफलमा कोदो रोपाइँ हुँदै आएको छ। गत वर्ष सात हजार ५ सय १५ दशमलव तीन मेट्रिकटन कोदो उत्पान भएको कृषि अर्थविज्ञ रेग्मीले जानकारी दिए। उनका अनुसार किसानले साउनबाट शुरुआत गरेको र भदौ १५ गतेसम्म कोदो रोप्ने गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?