सडक बनाएको महिना दिनमै भत्किपछि फेरि टाल्न सुरु

सडक बनाएको महिना दिनमै भत्किपछि फेरि टाल्न सुरु
+
-

धनगढी-  ठेक्केदार कम्पनीले निर्माण सम्पन्‍न गरेको सडक  महिना दिन नपुग्दै भत्किन थालेपछि धननगढी उप–महानगरपालिका वडा नम्बर-३मा कम्पनीले फेरि सडक टाल्न सुरु गरेको छ।

विभिन्‍न सञ्‍चार माध्‍यममा ‘१० करोडको सडक एक महिनामै भत्कियो’ भनेर समाचार आएपछि निर्माण पक्षले भत्किएको सडक पुन: टाल्न थालेका हुन।

यसअघि केएस कन्ट्रक्सन, लुम्बीनी कन्ट्रक्सन र जेभी राजेन्द्र निर्माण सेवाले करीब १० करोडको लागतमा ९ किलोमिटर बाह्य चक्रपथ असार महिनामा बनाएको सडक एक महिना नबित्‍दै भत्किने, ठाउँठाउँमा सडक भाँसिने र चिरा पर्ने गरेको थियो।

यता, कम्पनीले २०७४ साल असार मसान्तमा सडक निर्माणका लागि संयुक्त ठेक्का लिएका थिए भने सडक बनाउन प्रतिकिलोमिटर १ करोड २ लाख रुपैंयाका दरले ठेक्का सम्झौता गरेका थिए। तर उक्त ठेक्का निर्माण गरेको महिना दिनमै भत्किएपछि चर्को आलोचना भएको थियो।

यता, कम्पनीका सहायक इन्चार्ज बिक्रम स्वाँरका अनुसार सडकको केही स्थानमा माटो कमजोर भएकाले सडक भासिन पुगेको साथै केही स्थानमा ट्याक्टरले सडक भत्किएको बताइएको छ।

उनले भने, ‘सडकको केही स्थानमा माटो कमजोर भएकाले सडक भासियो। अब तुरुन्तै भत्किएका सडकको बेस बनाउँछौ हामी।यो सडकको एक वर्षसम्‍म हाम्रै जिम्मामा रहन्छ। ‘

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?