तिब्बती शरणार्थी नागरिकता प्रकरणमा वडाध्यक्षसहित तीनजना पक्राउ

तिब्बती शरणार्थी नागरिकता प्रकरणमा वडाध्यक्षसहित तीनजना पक्राउ
+
-

पोखरा-झुठो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता लिएका २ तिब्बती शरणार्थीलाई सहयोग गरेको आरोपमा पोखरा महानगरपालिका १८ का वडाध्यक्ष रणबहादुर थापा सहित ३ जना पक्राउ परेका छन्।

अध्यक्ष थापा सहित वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए।वडाध्यक्षले नागरिकताका लागि वडाबाट अन्तिम सिफारिस गरेका थिए।वडासदस्य र पञ्जिधिकारी नागरिकता सिफारिस गर्नमा सहयोगी भूमिका खेलेको प्रहरीको भनाइ छ।

पोखरा २५ हेमजास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका सरु थापामगर र तासी आङ्मो थापामगरलाई आफ्नो छोरी बनाई पोखरा १८ सराङकोटका लेखबहादुर थापाले नागरिकता दिलाएका थिए।नागरिकता दिलाउन सहयोग गर्ने ८ जनालाई साउन २४ गते पक्राउ गरिसकेको छ।

आफ्नी छोरीका छोरीलाई वशंजको आधारमा नागरिकता दिलाउन झुठो विवरण पेस गरेका थिए।उनका आफ्ना छोरी नभई नातिनीलाई नागरिकता दिलाएको भन्दै राष्ट्रप्रेमी नेपाली समूहले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएपछि सिडियो चक्रबहादुर बुढाले छानबिन थालेका थिए।

हप्तौसम्मको बयानपछि दोषी ठहर भएका सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने २ युवती र सर्जमिन मुचुल्कामा दस्तखत गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको थियो।सर्जमिन मुचुल्कामा दस्तखत गर्ने पोखरा १८ सराङकोट नै बस्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर प्रहरी हिरासतमै छन्।

दुवैजनाले लिएको नागरिकता समेत रद्द भइसकेको छ।सरु थापामगरका नाममा जेठ २६ गते ४६–०१–०७६–२०३९ र तासी आङ्मो थापामगरका नाममा असार ६ गते ४६–०१–०७६–०१६३३ नम्बरका २ नागरिकता जारी भएको थियो।

सरुले २७ वर्ष र तासी २६ वर्षको उमेरमा नागरिकता लिएका हुन्।कागजका आधारमा ती दिदीबहिनीको उमेरमा ७ महिनाको अन्तर छ।नागरिकता ऐन, २०६३ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता लिएमा १ वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि १ लाखरुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।झुठो विवरण पेस गरी लिएको नागरिकता रद्द हुने कानुनी प्रावधान छ।

झुठो विवरणका आधारमा विदेशीलाई नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ।

प्रचलित ऐन विपरित त्यस्ता व्यक्तिलाई नागरिकता दिलाउने कार्यमा संलग्न कर्मचारीलाई भने विभागिय कारबाही हुने व्यवस्था छ। विभागिय कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयका नागरिकता फाँटमा काम गर्ने प्रशासकीय अधिकृत ऋषिराम आचार्य, पेस गर्ने नासु डाँसीराम लामिछाने, खरिदार परशुराम पौडेल र रामचन्द्र थापालाई सिफारिस गरिएको छ।त्यस्तै, वडाका पञ्जिधिकारी राजेन्द्र पौडेल र विष्णु पौडेललाई समेत विभागिय कारवाहीको लागि सिफारिस गरिएको थियो।

वडाका कर्मचारीले २ युवतीको जन्मदर्ता २ पटक गराएका थिए।एकपटक उनका आफ्नै वास्तविक बाबुको नाम थियो भने पछिल्लोपटक गराइएको जन्मदर्तामा हजुरबुबा अर्थात् लेखबहादुर थापाको नाम थियो।

यो पनि पढ्नुहोस्

नागरिकता लिने दुई तिब्बती युवतीसहित ८‍ पक्राउ, ६ कर्मचारीलाई विभागीय कारवाही

नागरिकता लिने दुई तिब्बती युवतीसहित ८‍ पक्राउ, ६ कर्मचारीलाई विभागीय कारवाही

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?