सिमकोट-बर्खा लागेसँगै जिल्ला अस्पतालमा आउने बिरामीको चाप बढेको छ। झाडापखाला, आउ, दम तथा रुघाखोकीका बिरामीहरुको संख्यामा बृद्धि भएपछि अस्पताल आउने बिरामीको चाप बढेको हो।
बर्खामा धमिलो पानीको प्रयोग, काँचा फलफूलको प्रयोग र हिलोमा झिंगा पनि बढी हुने भएको कारण झाडापखाला, आउँ, दम तथा रुघाखोकीका बिरामीको चाप बाक्लै लाग्ने गरेको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन्।
हाल दैनिक पचासदेखि ७० जनासम्म बिरामीको ओपीडीमा आउने उनीहरुको उपचार हुने गरेको छ । अझ यो संख्या बिदाको पछिल्लो दिन झनै बढी हुने गरेको छ।
बिरामीको चाप बढे पछि अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बृद्धि भै रहेको उनले बताइन्। १५ शैयाको हुम्ला अस्पतालमा आन्तरिक ब्यबस्थापन गरी छ वटा अरु अतिरिक्त बेडको ब्यबस्था गरेर बिरामीलाई भर्ना गर्ने गरिएको उनले बताए। यसले अलि भर्ना गर्नै पर्ने बिरामीलाई सहज बनाएको छ।
उपचार तथा चेकजाँचका लागि बिरामीहरुको बाक्लो उपस्थिती हुने भएपछि एक छिन पछि फुर्सद नहुँने डाक्टर सरु प्रजापतिले बताए। दशदेखि पाँच बजे मात्र होइन बिहान, राती र दिउसो जतिखेर पनि बिरामी आउने भएको कारण अस्पतालमा कार्यरत सबै चिकीत्सक तथा स्वास्थ्यकर्मीलाई ब्यस्त रहनु पर्ने उनले बताए।जिल्ला अस्पतालमा सुबिधा थपिए संगै बिरामीको चाप पनि बृद्धि भै रहेको छ।
अहिले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुमा बच्चा, दमका रोगी, बृद्धबृद्धाको संख्या बढी रहेको छ । बुधबार बिहान नौ बजे नै एक दर्जन बिरामीहरु अस्पतालको हातमा पुगि सक्ने भएको थियो।
अस्पताल आउने सिजनल फ्लुका बिरामीका अतिरिक्त प्रसूति व्यथा, स्त्रीरोगलगायत अन्य नियमित आउने बिरामीको संख्या पनि बाक्लै रहने गरेको छ। अस्पताल आउने बिरामीको संख्या बाक्लो भएपनि हालसम्म औषधीको अभाव भने नभएको अस्पतालले जनाएको छ। अस्पतालसँगै भएकै जनशक्तिबाट सेवा प्रदान गरिदै आएको छ। हुम्ला अस्पतालमा आबश्यक जनशक्ति भने छैन।

भर्खरै
लोकप्रिय






































































































































































































