चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, पाँचजना प्रहरी घाइते

चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, पाँचजना प्रहरी घाइते
+
-

चितवन- टेलिभजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थक र प्रहरीबीच शुक्रबार साँझ झडप हुँदा पाँचजना प्रहरी घाइते भएका छन्।

प्रहरी चौकीभित्र रविका समर्थक समूहले ढुंगामुढा र रड प्रहार गर्दा पाँचजना प्रहरी घाइते भएको चितवन प्रहरीले जनाएको छ। ढुंगामुढा भएपछि उक्त समूहलाई नियन्त्रण गर्न प्रहरीलाई १० सेल अश्रुग्यास प्रहार गर्नु परेको थियो।

यसअघि आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरे चितवन जिल्ला अदालतले ५ दिनको म्याद दिएको थियो।

एक दिनअघि काठमाडौंबाट पक्राउ गरिएका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला प्रहरीले शुक्रबार म्याद थपेर अनुसन्धानमा राख्न चितवन जिल्ला अदालत पेश गरेको थियो।

प्रहरीले तीनै जनालाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको थियो। डेढ साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका सालिकराम पुडासैनीले मृत्युको बाटो रोज्नुअघि रेकर्ड गरेको भनिएको भिडियो दुई दिनअघि मात्र सार्वजनिक भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?