बयानका क्रममा अभियुक्त फरार भएपछि प्रहरी सहायक निरीक्षक निलम्बित

बयानका क्रममा अभियुक्त फरार भएपछि प्रहरी सहायक निरीक्षक निलम्बित
+
-

जनकपुरधाम– बयान लिने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबरजस्ती करणीका अभियुक्त फरार भएपछि एक जना प्रहरी सहायक निरिक्षक निलम्बनमा परेका छन्।

अपराध अनुसन्धान शाखामा बयान लिनको लागि आरोपीलाई लगेको समयमा मौका छोपी आरोपी फरार भएपछि प्रहरी सहायक निरिक्षक (असई) राज कुमार भण्डारीलाई निलम्बन गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिका–८ बलुवा टोलमा डेरा लिई बस्दै आएका सिरहाका २० वर्षीय राममणी यादव डेरा नजिकै बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका यादव अनुसन्धानको क्रममा असई भण्डारीले बयान लिने क्रममा फरार भएका थिए।

प्रहरी लगायत सर्वसाधारणहरुको उपस्थित रहेको समयमा बयानका बेला जिल्ला प्रहरी कार्यालयमा प्रहरीलाई झक्याउँदै अभियुक्त फरार भएपछि प्रहरीमाथि प्रश्न समेत उठेकाे छ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले प्रहरीले जानीजानी नभगाएको दावी गरे। फरार यादवको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरिक्षक खनालले जानकारी दिए।

प्रहरी हिरासतबाटै थुनुवा यादव फरार भएको घटना छानविनका लागि प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानविन टोली समेत गठन गरी अनुसान्धान भइरहेको प्रहरी उपरिक्षक खनालले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?