शालिकराम मृत्युपछि रविको गिरफ्तारीको विषय संसदमा

शालिकराम मृत्युपछि रविको गिरफ्तारीको विषय संसदमा
+
-

काठमाडौँ- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित केही व्यक्तिहरु गिरफ्तार भएको विषयले संसदमा प्रवेश पाएको छ।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले यसबारे कुरा उठाउँदै निष्पक्ष छानबिनको माग गरे। सत्तारुढ नेकपाका सांसद महेश्वरजंग गहतराजले पत्रकार पुडासैनीको मृत्यु प्रकरण र त्यसको अनुसन्धानका लागि रवि लामिछानेको गिरफ्तारीपछि अहिले भइरहेको गतिविधि शान्ति सुरक्षा तथा सुसाशनविरुद्ध रहेको बताए।

उनले आफूलाई मन परेको व्यक्ति अपराधी हुने सक्दैन भन्ने मनोविज्ञानले समाजलाई नकारात्मक दिशातर्फ लगिरहेकोले गम्भीर बन्न आग्रह गरे। उनले रवि लामिछानेको समथर्नका नाममा अस्वभाविक हुलहुज्जत भइरहेकोप्रति निन्दा गरे।

उनले यस्ता गतिविधि रोक्न माग गरे। यस्तै सांसद यज्ञराज सुनुवारले पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरे। उनले निष्पक्ष छानबिन गरेर सत्यतथ्य जनता सामु ल्याउन सरकारसँग माग गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?