हुम्लाकाे नाम्खा गाउँपालिकाले ‘याल्बाङ संगम’ कार्यक्रम गर्ने

हुम्लाकाे नाम्खा गाउँपालिकाले ‘याल्बाङ संगम’ कार्यक्रम गर्ने
+
-

सिमकोट– जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाले आगामी असोजमा याल्बाङ संगम कार्यक्रम आयोजना गर्ने भएको छ।

पर्यटकीय क्षेत्र प्रशस्त भएर पनि प्रचार–प्रसारको अभावमा बाहिर आउन नसकेर लुकेको अवस्थामा नेपाली पाहुना र मित्र राष्ट्र चीनका पाउनाहरुलाई आमन्त्रण गरेर सो कार्यक्रम आयोजना गरिने भएको हो।

चीनसँग सीमा जोडिएको जिल्लाको गाउँपालिका भएको अवस्थामा चीनको बुराङ काउण्टीका पाहुनाहरु र नेपालको पर्यटन क्षेत्रमा ख्याति कमाएका पाहुनालाई आमन्त्रण गरेर संगम कार्यक्रम आगामी असोज ६ र ७ गते याल्बाङ आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताए।

यसले दुई देशका छिमेकमा प्रतिनिधिहरुबीच घनिष्ट सम्बन्ध स्थापना हुने र यसरी छिमेकी राष्ट्रको सिमाना नजिकका अधिकारीलाई आमन्त्रण गरेर गाउँपालिकाको बस्तुस्थिति तथा पर्यटकीय क्षेत्रको बारेमा पनि जानकारी गराईने उनले बताए।

कार्यक्रममा पर्यटन बोर्डका अधिकारीहरुलाई पनि आमन्त्रण गरि मानसरोवर कैलाशको दर्शन गर्न सकिने लाप्चा क्षेत्रको पनि गाडीमा अवलोकन गराईने छ।

संघीय सरकारको एक सय वटा नयाँ पर्यटकीय क्षेत्रमध्ये लिमी भ्याली पनि परेको अवस्थामा यो कार्यक्रमले त्यसलाई झनै सहयोग गर्ने विश्वास गाउँपालिकाले लिएको छ।

कार्यक्रममा विभिन्न स्थानीय अर्गानिक उत्पादनका खानाका परिकार, साँस्कृतिक झाँकी, महत्वपुर्ण याल्बाङ गुम्बाको दर्शन गर्न सकिने व्यवस्था गर्न लागिएको छ।

पर्यटन प्रर्वद्धनका लागि गत वर्ष भदौमा लिमी महोत्सव आयोजना गरेको गाउँपालिकाले गत असारमा रानी खर्कमा धार्मिक पूजा आयोजना गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?