बोक्सीको आरोपमा मलमुत्र खुवाउने दुई महिला पक्राउ

बोक्सीको आरोपमा मलमुत्र खुवाउने दुई महिला पक्राउ
+
-

जनकपुरधाम– महोत्तरीमा एक जना महिलालाई बोक्सीको आरोपमा मलमूत्र खुवाएको भन्दै प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

घटनामा संलग्न रहेको आराेपमा प्रहरीले सुकेश्वरीदेवी दनुवार र इन्दुदेवी दनुवारलाई पक्राउ गरेको हो।

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नं. ४ की एक महिलालाई मलमूत्र खुवाएपछि पीडित महिलाले आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराएपछि उक्त घटना बाहिर आएको हो।

जाहेरी दर्ता गराएपछि प्रहरीले तत्कालै दुई जनालाई पक्राउ गरेको छ भने तीन जना अहिले फरार रहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

पीडित ३६ बर्षीया महिलाको नाम भने गोप्य राखिएको छ। स्थानीय महिलाहरुले बोक्सीको आरोप लगाउँदै ती महिलालाई मलमूत्र खुवाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक बुढाथोकी बताए।

उनले भने, ‘स्थानीय एकजनाको मानसिक सन्तुलन बिग्रेपछि ती महिलाहरुले बोक्सीको आरोप लगाउँदै महिलालाई मलमुत्र खुवाइएका छन्।’ घटनामा संलग्न अन्य महिलाको भने खोजी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’