सीसीटीभी फुटेजमा शालिकरामले पाँच मिटर डोरी किनेको भेटियो

सीसीटीभी फुटेजमा शालिकरामले पाँच मिटर डोरी किनेको भेटियो
+
-

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि नारायणगढ बजारको एक पसलमा डोरी किनेको सीसीटीभी फुटेज प्रहरीलाई प्राप्त भएको छ।

चितवनका एसपी दानबहादुर मल्लले पुडासैनीले आत्महत्या गर्नुअघि आफू बसेको होटल नजिकैको एक होलसेल पसलबाट पाँच मिटर लामो डोरी किनेको उक्त सीसीटीभी फुटेजमा देखिएको बताए।

‘हामीले अनुसन्धानका लागि आवश्यक प्रमाण जुटाउने क्रममा उक्त सीसीटीभी फुटेज फेला पारेका छौँ, त्यसबारे अहिले अनुसन्धान भइरहेको छ’, मल्लले भने।

प्रहरीले उक्त सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनको ‘आत्महत्या’ दुरुत्साहनको अभियोगमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेका छन्।

यो पनि पढ्नुहोस्

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?