पानीको अभावले हुम्लामा ढिलो रोपाई

पानीको अभावले हुम्लामा ढिलो रोपाई
+
-

सिमकोट-सिचाई कुलोको पर्खाईमा रहनु भएका किसानहरुले ढिलो गरि धान रोपाई गर्न पाएका छन्।

यसअघि पानीको अभाव हुँदा रोकिएको धान रोपाई ठूला खोला सिंचाई कुलो निर्माण भएर सन्‍चालनमा आएपछि धान रोपाई गर्ने कार्य पुरा भएको हो।

साढे तीन किलो मिटर पाईपबाट सिंचाई कुलो निर्माण गरेर ल्याए पनि बाँजो खेतमा धान रोपाई सुरु गरिएको किसान प्रजित रोकायाले बताए।

चार पाँच बर्ष देखि पानीको अभाबमा धान रोपाई बन्द गरिएको खेतमा यस पानी सिंचाई कुलो निर्माण गरेर सञ्चालनमा आएपछि धान रोपाई सुरु गरिएको उनले बताए।

पाईपबाट कुलोबाट ल्याइएको पानीले धान खेती गर्न आबश्यक पर्ने पानी उपलब्ध भएपछि धान रोपाई गर्न सहज भएको हो। मार्सी धान राम्रो फल्ने खेत भएर पनि सिंचाईको अभाबले बाँजो रहदै आएको जग्गा अब पुर्ण रुपमा प्रयोगमा आउने छ।

यो सिजनमा धान रोपाई मात्र होईन अब हिउदै सिजनमा जौ र गहुँ र उवा पनि खेती गर्न सहज हुनेछ । यस पाली हुम्ला जिल्लामा सबै भन्दा ढिलो गरेर धान रोपाई छिप्रा मै भएको उनले बताए।

यस ठुला खोला सिंचाई योजनाबाट २५० रोपनी जमिनमा सिंचाई गर्न सहज भएको यसका लागि लगानी गर्ने ग्रामीण जलश्रोत ब्यबस्थापन परियोजनाका जिल्ला संयोजक बिरेन्द्र बहादुर शाहीले बताए।

६० लाख ६७ हजार लागत रहेको सिंचाइबाट ७७९ जनसंख्या प्रत्यक्ष लावान्भित हुने छन्। सिंचाई सुबिधा भएपछि धानको उत्पादनमा बृद्धि भएर खाद्य असुरक्षा न्यूनीकरण गर्न यसले सहयोग गर्ने उनले बताए।

सिंचाई सुबिधा नहुँदा स्थानीयले यस पाली धान रोपाई गर्न पाईने नपाईने दोधारमा रहदै आएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?