ट्वीटर र फेसबुकले गलत सूचना प्रवाह गर्ने चिनियाँ एकाउन्ट डिलिट गरे

ट्वीटर र फेसबुकले गलत सूचना प्रवाह गर्ने चिनियाँ एकाउन्ट डिलिट गरे
+
-

हङकङमा चलिरहेको राजनीतिक संकट र प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनलाई निरुत्साहित गर्नका लागि चीन सरकारको सहयोगमा भइरहेका गलत सूचना प्रवाह गर्ने अभियानविरुद्ध सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले काम गर्न थालेका छन् ।

गलत सूचना प्रवाह गर्ने एकाउन्टहरु ट्वीटर र फेसबुकले डिलिट गर्ने अभियान चलाएका छन् । यसबाट हङकङको राजनीतिक अवस्थाबारे गलत सूचना रोक्न सकिने उनीहरुको विश्वास छ ।

ट्वीटरले ९३६ वटा एकाउन्ट खारेज गरेको छ । ती एकाउन्टहरु चीनबाट सञ्चालित रहेको र त्यसमार्फत हङकङमा भइरहेको प्रदर्शनको आधिकारिकता र राजनीतिक हैसियत कम गर्ने प्रयास भएको ट्वीटरले उल्लेख गरेको छ ।

फेसबुकले पनि सातवटा पेज, तीनवटा ग्रुप र पाँचवटा एकाउन्ट ‘रिमुभ’ गरेको जनाएको छ । यस्ता गतिविधिमा संलग्नहरुले आफ्नो पहिचान लुकाउन चाहेको भए पनि आफूहरुको अनुसन्धानले उनीहरु चीन सरकारसँग सम्बन्धित रहेको खुलेको जनाइएको छ ।

ट्वीटर र फेसबुक दुवैले यस्ता अरु पनि एकाउन्ट तथा पेजा या ग्रुपहरु रहेको र त्यसबारे अनुसन्धान भइरहेको बताएका छन् । आफूहरुका माध्यम गलत सूचना प्रवाह या बिस्तारका लागि प्रयोग हुन नदिनका लागि प्रतिबद्ध रहेको उनीहरुको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?