मन्त्रीले नै भने, ‘नेपालको नामुद भ्रष्टमध्ये प्रचण्ड नं. १’

मन्त्रीले नै भने, ‘नेपालको नामुद भ्रष्टमध्ये प्रचण्ड नं. १’
+
-

जनकपुरधाम– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार धनुषामा सहिद रामवृक्ष यादवको स्मृति सभा सम्बोधन गर्दै प्रदेश–२ सरकार भ्रष्टाचारमा लिप्त रहेको दिएको अभिव्यक्ति दिएपछि प्रदेश–२ को राजनीतिमा तरङ्ग पैदा भएको छ।

मंगलबार जनकपुरधाममा विपद व्यवस्थापनको बैठकमा प्रदेश–२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमारलेसमेत प्रचण्डको चर्को विरोध गर्दै काठमाडौँ भ्रष्टाचारीको प्रमुख अखडा भएको आरोप लगाएका छन्।

यस्तै सोमबार दिउँसो प्रचण्डले दिएको उक्त अभिव्यक्तिलाई लिएर प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल आक्रमक हुँदै समाजिक संजाल फेसबुकमा आफ्नो पद र मर्यादा विपरीतका शब्द प्रयोग गरेर प्रचण्डविरुद्ध गालीगलौजमा उत्रिएका छन्।

राज्यमन्त्री मण्डलले प्रचण्ड नेपालकै एक नम्बर नामुद भ्रष्ट रहेको आरोप लगाउँदै आफ्नो फेसबुकको स्टाटसमा लेखेका छन्, ‘बाराभ (बाबुराम भट्टराई) को शब्दमा भन्ने हो भने नेपालको नामुद भ्रष्टमध्ये प्रचण्ड नं. १ नै हो । जनमुक्ति सेनाको भरणपोषणको नाममा उनले १२ अर्बको भ्रष्टाचार गरेको छन्।’ राज्यमन्त्री मण्डलले प्रचण्डलाई चेतावन दिँदै अगाडी लेखेका छन् ‘मधेसमा आएर धेरै भुक्ने होइन। हिम्मत छ भने, ३८ केजी सुन निकाल, वाइडबडीको ४ अर्ब निकाल।’

उनले नेकपा र कांग्रेससमेत भ्रष्टाचारको जननी रहेको संज्ञा दिँदै प्रदेश–२ भन्दा सिंहदरबारमा २ सय गुणा बढी भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन्।

‘भ्रष्टाचारको जननी नेकपा र कांग्रेस हो। यो मुलुकमा भ्रष्टाचार के हो ? कसरी गरिन्छ भ्रष्टाचार उसैले सिकाएको छ।’ उनले अघि लेखेका छन् ‘संघीय सरकारले नै पठाएको सचिव र मुख्यसचिव यहाँ छन्, उसलाई सोधे हुन्छ। प्रदेश नम्बर २ भन्दा दुई सय गुणा भ्रष्टाचार सिंहदरबारमा हुन्छ, सक्छौ भने त्यसलाई रोक।’

विकासको सवालमा मधेसी जनताले पहिलो पटक गाउँ–गाउँमा विकासको अनुभुति गरेको दावी गर्दै उनले त्यसको श्रेय निश्चय पनि प्रदेश सरकारलाइ जाने उनको दावी छ।

यस्तै २४ घण्टा नबित्दै प्रचण्डले आफ्नो बोली फेरका छन्। मंगलबार बिहान विपद व्यवस्थापन समिति धनुषाले गरेको कार्यक्रममा प्रचण्डले आफूले प्रदेश–२ मा मात्रै भ्रष्टाचार भएको नभनेर देश भरी नै सुशासन र भ्रष्टाचार एउटा ठूलो चुनौती भएको कुरा सामान्य रुपमा राखेको भन्दै आफ्नो बचाउ गरेका थिए।

सोही कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै सबभन्दा बढी काठमाडौं र सिंगै देशनै भ्रष्टाचारमा डुबेको आरोप लगाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?