
जनकपुरधाम– प्रदेश–२ को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशको नाम र राजधानीका विषयमा बिहीबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ।
नेकपाले प्रदेशको नाम जानकी र राजधानी धनुषा हुनुपर्ने प्रस्ताव दर्ता गराएको हो।
नेकपा प्रदेश–२ का संसदीय दलको नेता सत्यनारायण मण्डलको नेतृत्वमा नेकपाका नेताहरूले प्रस्ताव दर्ता गराएका हुन्।
प्रदेशको नाम मिथिला राख्नुपर्ने अडानमा रहँदै आएको नेकपाले संसदीय दलको बैठकबाट प्रदेशको नाम जानकी र राजधानीका लागि जनकपुरधामको परिक्रमा मार्गसहित पूरै धनुषा जिल्लालाई प्रस्ताव गरेकाे हाे।
यस्तै प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ताको सम्बन्धमा राजपा, समाजवादी पार्टी र नेपाली काङ्ग्रेसको बैठक जारी छ।
राजपा र समाजवादी पार्टीले सँगै प्रस्ताव दर्ता गराउने तयारी गरेका छन्। प्रदेशसभा सचिवालयले भदौ ५ गते सम्ममा प्रदेशकाे नाम र राजधानीकाे सम्बन्धमा प्रस्ताव दर्ता गराउन सूचना जारी गरेको थियो।