
राजा झा
भदौ ५, २०७६

अ
+
अ
अ
-
जनकपुरधाम– प्रदेश दुईको नाम तथा राजधानी सम्बन्धमा प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रदेश–२ को प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ।
प्रदेश सभाले जारी गरेको सूचना अनुसार अन्तिम दिन आज नेपाली कांग्रसले प्रदेशको नाम मिथिला भोजपुरा र प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका भित्र राख्नु पर्ने प्रस्ताव दर्ता गरेको हो।
कांग्रेसका प्रदेश सांसद नरेश कुमार नरेश कुमार यादवले र संसदीय दलका नेता रामसरोज यादवले राजधानीको सम्बन्धमा प्रस्ताव दर्ता गराएका छन्।

