पर्सा- प्रदेश नम्बर-२ को सतारुढ पार्टी समाजवादी पार्टीका एक प्रदेश सांसदले प्रदेशको राजधानी वीरगञ्जलाई बनाउनु पर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन्।
समाजवादी पार्टीका प्रदेश सांसद सिंहासन साह कलवारले प्रदेश नम्बर-२ को वीरगञ्ज राधानी, बिन्दवबासिनी,पोखरिया सखुवा,पर्सागढी,जितपुर,निजगढ हुँदै सिम्रौनगढ स्थान निर्धारण गर्न प्रदेश सभामा बिहीबार प्रस्ताव दर्ता गराएको समाजवादी पार्टीका प्रदेश सांसद एवम् प्रस्तावका समर्थक प्रहलाद गिरीले जानकारी दिए।
उक्त प्रस्तावको समर्थकमा ६ जना प्रदेश सांसदहरु रहेका छन्।जसमध्ये सतारुढ समाजवादी पार्टीकै प्रदेश सांसद प्रहलाद गिरी,करिमा बेगम,जन्नत अन्सारी,भिमा यादव,रागिनी देवी वर्णवाल रहेका छन्।
त्यस्तै राजपा नेपालबाट सांसद रहेकी अञ्जु यादव पनि बिरगञ्जलाई राजधानी बनाउनपर्ने प्रस्तावको समर्थकमा रहेका छन्। प्रस्ताव दर्ता गराउने कलवार सहित समर्थकहरु सबैजना पर्सा जिल्लाबाटै प्रदेश साँसद बनेका हुन।
सतारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशको नाम ‘मधेश’ राख्ने तथा राजधानी जनकपुरधाम, मिथिला माध्यमिकी सडक र धनुषा जिल्लाको उत्तरमा ढल्केबार राजमार्ग छुँदै पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सीमासम्मको भागलाई राख्न प्रदेशसभा सचिवालयमा संयुक्त प्रस्ताव बिहीबार दर्ता गराइसकेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































