
काठमाडौं-चन्द्रयान-२ ले बुधबार चन्द्रमाको पहिलो तस्बिर पृथ्वीमा पठाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ट्विटमार्फत उक्त तस्बिर चन्द्रयान-२को विक्रम ल्याण्डरले चन्द्रमाको सतहबाट २६५० किलोमिटरको उचाइबाट लिइएको जनाएको छ।
इसरोले ट्वीटमा भनेको छ, ‘यो तस्बिर चन्द्रयान-२ को विक्रम ल्याण्डर’ले चन्द्रमाको सतहदेखि २६५० किलोमिटरको उचाइबाट लिइएको हो।’
Take a look at the first Moon image captured by #Chandrayaan2 #VikramLander taken at a height of about 2650 km from Lunar surface on August 21, 2019.
Mare Orientale basin and Apollo craters are identified in the picture.#ISRO pic.twitter.com/ZEoLnSlATQ
— ISRO (@isro) August 22, 2019
यसअघि चन्द्रयान-२ मंगलबार विहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा पुगेको थियो।
इसरोका अनुसार कक्षमा पुरै स्थापित भइसक्न करीब आधा घण्टा लाग्छ। २३ दिन पृथ्वीको चक्कर लगाएपछि चन्द्रमाको कक्षमा पुग्न चन्द्रयानलाई ६ दिन लागेको थियो।
७ सेप्टेम्बरमा चन्द्रमाको सतहमा यसअघि नै निर्धारित ठाउँमा अर्थात दक्षिणी ध्रुवमा सफ्ट ल्याण्डिङ गर्नेछ।
चन्द्रयान-२
चन्द्रयान-२को तौल ३ हजार ८ सय ७७ किलो रहेको छ। चन्द्रयान-२लाई भारतले बनाएको सबैभन्दा बलियो जीएसएलबी मार्क थ्री रकेटबाट प्रक्षेपण गरिएको थियो।
यो रकेटमा तीन मोड्यूलको अर्बिटर, ल्याण्डर (विक्रम) तथा रोबर (प्रज्ञान) हुन्छ। यो मिशनको माध्यमबाट इसरोले चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्डर उतार्ने योजना बनाएको छ।
यो पटक भने चन्द्रयान-२ तौल ३ हजार ८ सय ७७ किलो रहेको छ। यो चन्द्रयान-१ को तौल १ हजार ३ सय ३० किलोभन्दाभन्दा करीब तीन गुणा धेरै हो। ल्याण्डरको भित्र रहेको रोबरको रफ्तार १ सेमीप्रतिसेकेण्ड रहेको छ।
चन्द्रयान-२ मिशन के हो?
चन्द्रयान-2 वास्तवमा चन्द्रयान-१को मिशनको नयाँ संस्करण हफ। यसमा अर्बिटर, ल्याण्डर (विक्रम) तथा रोबर (प्रज्ञान) हुन्छ।
तर चन्द्रयान-१ मा मात्र अर्बिटर रहेको थियो जुन चन्द्रमाको कक्षमा घुम्थ्यो।
तर चन्द्रयान-२को माध्यमबाट भारतले पहिलो पटक चन्द्रमाको सतहमा उतार्नेछ। योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान उतार्ने पहिलो देश बन्नेछ।