चन्द्रयान- २ ले पठाएको चन्द्रमाको पहिलो तस्बिरमा के छ?

चन्द्रयान- २ ले पठाएको चन्द्रमाको पहिलो तस्बिरमा के छ?
+
-

भारतीय चन्द्रयान- २ अहिले चन्द्रसतहदेखि ११८x४४१२ किमी माथिको अर्बिटमा रहेर परिक्रमा गरिरहेछ।

चन्द्र अभियान- २ को दोस्रो प्रमुख भाग ‘ल्यान्डर बिक्रम’ले आफ्नो कार्य प्रारम्भ गरेको छ। हुन त यो अहिले पनि मुख्ययान आर्बिटरसँग संयुक्त रहेर चन्द्र परिक्रमा गरिरहेछ।

इसरोले जानकारी गराएअनुसार अगस्ट २१ का दिन ‘ल्यान्डर बिक्रम’ले आफ्नो क्यामेरा प्रयोग गरेर चन्द्र धरातलको तस्बिर खिचेको हो। ‘ल्यान्डर’ले गरेको यो पहिलो काम हो। इसरोले बिहीबारमात्र उक्त तस्बिर सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको तस्बिरमा चन्द्रसतहको ‘मेयर ओरिन्टेल बेसिन’ (Mare Oriental Basin) र अपोलो क्रेटर्स (Apolo Craters) लाई हेर्न सकिन्छ।

तस्बिर लिने बेलामा ‘ल्यान्डर’ र चन्द्रमाबीच जम्मा २ हजार ६ सय ५० किमी दूरी थियो। २० अगस्टमा चन्द्र आर्बिटमा प्रवेश गरेको चन्द्रयान- २ बिस्तारै चन्द्रमा नजिक हुँदै गइरहेको छ। २१ अगस्टमा यसको आर्बिट परिवर्तन गरेर ११८x४४१२ किमी तल्लो आर्बिटमा पुर्‍याइएको थियो।

चन्द्रयान- २

अब क्रमश: २८ अगस्ट, ३० अगस्ट र १ सेप्टेम्बरमा चन्द्रयानलाई तल्लो आर्बिटमा झारिँदै चन्द्रधरातल नजिक पुर्‍याइनेछ। १ सेप्टेम्बरमा आर्बिट परिवर्तन गरिँदा चन्द्रयान ३०x१०० किमीको आर्बिटमा पुग्नेछ। भनौँ- चन्द्रयान र चन्द्रसतहको अधिकतम दूरी १०० किमीमात्र बाँकी रहनेछ।

१ र २ सेप्टेम्बरमा ३०x१०० किमीको आर्बिटमा रहेर यस चन्द्रयानले चन्द्रमाको परिक्रमा गरिरहनेछ।

३ सेप्टेम्बरमा ‘ल्यान्डर बिक्रम’ आर्बिटरसँग विच्छेद भई  चन्द्र अवतरण गर्ने तरखरमा लाग्नेछ। र, अन्तत: ७ सेप्टेम्बरका दिन यसले चन्द्रसतह स्पर्ष गर्नेछ।

सबैकुरा ठीकठाक भएमा ७ सेप्टेम्बरमा ‘ल्यान्डर बिक्रम’ले चन्द्रसतहमा छुनासाथ भारत चन्द्रमामा ओर्लने चौथो देश बन्नेछ। यसअघि रुस, अमेरिका र चीनले मात्र चन्द्र अवतरण गर्नसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?