रोचक संसार

७० मिटरसम्म गहिरो समुद्रमा पसेर १३ मिनेटसम्म श्वास रोक्ने आदिवासी

७० मिटरसम्म गहिरो समुद्रमा पसेर १३ मिनेटसम्म श्वास रोक्ने आदिवासी
+
-

शरीरमा एकपटक प्राणवायु (श्वास लिएर) भरेर ७० मिटरसम्म गहिरो समुद्रमा प्रवेश गरेर १३ मिनेटसम्म माछा मार्दै हिंड्नु यी आदिवासीहरुको दैनिकी नै हो। यो कसरी सम्भव हुनसक्छ ? तपाईँ हाम्रा लागि त सास नफेर्नु ३ मिनेट नै प्राणघातक हुनजान्छ।

अण्डमान निकोबार र दक्षिण पूर्व एशियाका बाजाओ आदिवासीका लागि माछा मार्नु नै जीवन धान्ने मूल पेशा हो। यसका लागि उनीहरुले ७० मिटरसम्म गहिरो समुद्रमा पसेर कैयन मिनेट लामो समय पानी भित्रै बिताउनु पर्ने हुन्छ।

यी आदिवासी एकपटक शरीरमा श्वास भरेर समुद्र भित्र पस्छन्, माछा मार्ने उपक्रम गर्छन्। यस क्रममा यिनीहरुले कैयन मिनेटको समय, त्यै समुद्रमा प्रवेश गर्नुपुर्व लिएको एउटा श्वासकै भरमा बिताउनु पर्छ।

समुद्रभित्र यिनीहरुलाई श्वास फेर्ने उपाय हुन्न। १३ मिनेटसम्म यिनीहरु श्वास नफेरिकन पानी भित्र सक्रिय रहेर माछा मार्ने कार्य गर्छन्।

हामीलाई सुन्दै अचम्म लाग्ने यस घटनाको विज्ञानले रहस्य उद्घाटन गरेको छ।

बाजाओ आदिवासीमाथि लामो अनुसन्धान गरेपछि वैज्ञानिक यस निष्कर्षमा पुगेका छन् कि उनीहरुको जीनमा भएको परिवर्तनका कारणले यस्तो सम्भव हुन सकेको हो।

यस विषयक शोधमा संलग्न वैज्ञानिकहरुका अनुसार समयक्रममा यी आदिवासीहरुको शरीरमा परिवर्तन आएको छ। यी आदिवासी समूहका मानिसहरुको शरीरमा हुने एउटा अंश समय र परिस्थितिले वृद्धि हुन गयो।

मानिस शरीरको इम्युन सिस्टम, लिम्प्याटिक सिस्टम, र ‘मोनोन्युक्लियर फैगोसाइट सिस्टम’सँग सम्बन्धित यस अंग विशेषको कार्य शरीरभित्र भइरहने रक्त संचालनमा आएको फोहोरमैला सफा गर्नु, रक्त भण्डारण गर्नु, लिम्फोसाइट उत्पादन गर्नु, पुराना रातो रक्त कोषिका (आरबीसी) लाई नष्ट गर्नु आदि रहेका हुन्छन्।

मानिस शरीरको पेटको बायाँपट्टिको माथिल्लो भागमा आमाशय पछाडि हुने यस वाहिनीहीन ग्रन्थी (DUETLESS GLAND) लाई नेपालीमा फियो (SPLEEN) भनिन्छ।

वैज्ञानिकहरुका अनुसार यी आदिवासीहरुको शरीरमा फियोमा अक्सीजनयुक्त रातो रक्त कोशिकाको भण्डारण बढी हुन थाल्यो, परिणामस्वरुप आवश्यक भएको बेला यी रातो रक्त कोशिकाले अक्सिजन ग्रहण नगरी पानीभित्र सजिलै बाँच्न सक्छन्।

‘सेल’ नामक विज्ञान पत्रिकामा प्रकाशित शोधका अनुसार यस सम्बन्धी पर्याप्त प्रमाण प्राप्त भएका छन्  जसले बाजाओ आदिवासी समूहका मानिसलाई कम अक्सिजनमा बाँच्न सक्ने प्रमाणित गरेको छ। यो ‘जीन म्युटेशन’कै कमाल हो।

वैज्ञानिकहरुले बाजाओ आदिवासी समूह र यिनकै छिमेकी समुद्रमा पसेर माछा नमार्ने अर्को आदिवासी समूह सालुआनका मानिसको तुलना गर्दा बाजाओका मानिसको फियो झण्डै ५० प्रतिशत ठूलो रहेको पाए।

शोधमा संलग्न क्यालिफोर्निया युनिभर्सिटिका ‘इंटिग्रेटिभ बायोलजी’ का प्रोफेसर रासमस निल्सन भन्छन— यो एउटा उदाहरण हो, कसरी मानिस जेनेटिक रुपमा नयाँ किसिमको आहार एवं विकट परिस्थितिमा बाँच्ने सुगमता खोज्न सक्छ। चाहे त्यो उच्च पहाडी मरुभूमि तिब्बतको क्षेत्र होस वा आर्कटिक क्षेत्रको ग्रीनल्याण्ड।

बाजाओ आदिवासी समूहका मानिस प्रत्येक दिन भोजन खोज्ने क्रममा समुद्र यात्रा गर्छन्। कुनै बाहिरी उपकरणको प्रयोग नगरी नै उनीहरु समुद्रको ७० मिटरसम्म पुग्छन्। एकै श्वासको भरमा यिनीहरु झण्डै १३ मिनेटसम्म पानी भित्र पौडिंदै अथवा समुद्री भूमिमा हिँडदै आफ्नो परम्परागत भालाले माछा मार्छन्। यिनीहरुको आम दैनिकीको झण्डै ६० प्रतिशत काम भनेको समुद्रमा पसेर माछा मार्नु नै हो।

बाजाओ आदिवासी समूह इण्डोनेशिया, मलेशिया, फिलीपिन्स र भारतीयद्विप समूह अण्डमान निकोबार क्षेत्रमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?