टीकापुर पुगेर बाबुरामले भनेः सद्भावकाे आह्वान गरेर अधिकार पाइँदैन, आन्दोलन चर्काऊ

टीकापुर पुगेर बाबुरामले भनेः सद्भावकाे आह्वान गरेर अधिकार पाइँदैन, आन्दोलन चर्काऊ
+
-

टीकापुर– समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भटराईले प्रधानमन्त्री केपी ओलीलाई थारुहरुले टीकापुरमा गरेको आन्दोलन कसरी गैरराजनीतिक भयो भनेर प्रश्न गरेका छन्।

उनले थारुले आन्दोलन गर्दा हिंसात्मक भयाे भनेर आन्दोलनकारीलाई जेल हालेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई झापाको आन्दोलनको यथार्थ भन्न आग्रह गरेका छन्।

शनिबार कैलालीको टिकापुररमा आयोजित थारुवान–थारुहट संयुक्त संघर्ष समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले टीकापुर आन्दोलन गैरराजनीतिक हुँदा झापाको आन्दोलन कसरी राजनीतिक भयो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे।

‘२०७२ भदौ ७ गते थारुहरुले आफ्ना माग राख्ने क्रममा टीकापुरमा हिंसात्मक दुःखद घटना भयो’, बाबुरामले भने, ‘त्यसलाई हिंसाको रुपमा व्याख्या गरेर आन्दोलनलाई सिध्याउने काम भयो, अनि तपाईले झापामा मच्चाएको हिंसालाई चाहिँ कसरी राजनीतिक भनेर व्याख्या गरेको?’

उनले टीकापुर घटना दुखद भए पनि थारुले उठाएका मागको सम्बोधन हुनुपर्ने बताए। उनले सोही प्रश्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापालाई पनि तेर्स्याएका छन्।

उनले भने, ‘प्रचण्ड र गृहमन्त्री थापाजी, १० वर्षे जनआन्दोलन पनि हिंसात्मक हो?’ उनले थपे, ‘हैन भने १० वर्षे जनयुद्धमा १७ हजार नागरिक मारिँदा पनि त्यसलाई राजनीतिक ठान्ने प्रचण्ड र बादलले किन टीकापुर घटनालाई गैरराजनीतिक भनेर रेशमलाई जेल हालेको हो, त्यसको उत्तर दिनुपर्छ।’

१० वर्षे जनयुद्धमा आफू पनि संलग्न रहेको उल्लेख गर्दै भट्टराईले अगाडि थपे, ‘म माथि लागेका आरोपको सजायको भागेदार बन्न म तयार छु, तर के प्रचण्ड र गृहमन्त्रीमाथि लागेकाे आरोप अनुसार उनीहरु पनि सजाय भोग्न तयार छन् त?’ उनले प्रचण्ड र बादलमाथि लागेका आरोपलाई भने राजनीतिक भनेर ढाकछोप गरिँदै आएको बताए।

भट्टराईले टीकापुरमा भएकाे आन्दोलन र त्यसपछि भएको हिंसाको जिम्मेवारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्।

‘तत्कालिन अवस्थामा तराईलाई थारुवान राज्य बनाउन आफूहरुले प्रस्ताव गर्दा शेरबहादुर देउवाले तराईको जमिनबाट रौँ को रेख जमिन पनि अन्यत्र जाँदैन भन्ने अभिव्यक्ति दिएका थिए’, उनले भने, ‘देउवाको सोही अभिव्यक्तिले टीकापुरमा भयानक दुर्घटना घट्यो त्यसैले सजाय थारुलाई नभई देउवालाई दिनुपर्छ।’

‘सद्भावको आह्वान गरेर अधिकार पाइँदैन, आन्दोलन गर’


बाबुराम भट्टराईले टिकापुरमा सद्भावना फैलाउने काम राज्यको भएको बताउँदै थारुहरुलाई अधिकारका लागि आन्दोलन चर्काउन उत्प्रेरित गराएका छन्।

उनले टिकापुरमा थारुहरुले सद्भावको नारा लिएर राष्ट्रिय अधिवेशन गरेकोमा पनि विमति जनाए। सद्भावको नारा आन्दोलनकारीले फैलाउने नभई राज्यले वातावरण तयार गर्नुपर्छ’, भट्टराईले भने, ‘सद्भावको नारा बाँडेर आन्दोलन सफल हुँदैन, त्यसका लागि फेरि पनि आन्दोलन चर्काउन आवश्यक छ।’

नेता भट्टराईले थारु मधेसी, आदिवासी जनजातिलाई संविधान बाहिर राखेर बनाइएको संविधान आधा गिलासको पानी जस्तै भएको बताए।

संविधानसभाबाट संविधान तयार हुनु र जनताले चुनेका नेताले संविधान बनाउनु राम्रो भएपनि दुई तिहाइ जनतालाई बाहिर राखेर संविधान कार्यान्वयन हुन नसक्ने दावी गरे।

‘यो देशमा रहेका खस पनि आदिवासी हुन्’, भट्टराईले भने, ‘उनीहरुलाई भुलाएर बाहुनले एकलौटी शासन गरेको छ।’ आदिवासी जनजातिलाई आन्दोलनमा उत्रन आह्वान गर्दै नेता भट्टराईले त्यसमा आफूहरुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष माग्रेन छन्त्यालले आदिवासी जनजाति तथा थारुहरुको आन्दोलन अब झनै चर्किने उद्घोष गरे।

‘राज्यले हामीलाई सामान्य ठानेको छ’, उनले भने, ‘तर भाषामा लागेको आगो निभाउन निक्कै कठिन हुन्छ भन्ने कुरा पनि सरकारले बुझन जरुरी छ।’

कार्यक्रममा लेखक खगेन्द्र संग्रौलाले थारुहरुले न्याय पाउनु पर्ने धारण व्यक्त गरे। उनले भने, ‘थारुमाथि अन्याय भएको छ, उनीहरुलाई सरकारले न्याय दिनुपर्छ, हैन भने अर्को ठुलो हिंसा भड्किने खतरा मडारिएर आएको छ।’

थारु अल्पसंख्यक आदिवासी जनजातिले आन्दोलन गरे आफूहरु पछि लाग्न तयार रहेको उनले बताए। वर्षाका कारण मञ्चमा रहेका राजपा नेपाल अध्यक्ष मण्डलका नेता लक्ष्मण लाल कर्ण, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, थारु अगुवा लक्ष्मण चौधरी लगायत अन्य सहभागीले बोल्न पाएनन्।

पत्रकार किशोर नेपालले हत्या अभियोगमा जेल जीवन बिताईरहेका रेशम चौधरीलाई न्याय नमिलेसम्म शान्ति स्थापना हुन नसक्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?