प्रधानमन्त्रीलाई फेसबुकमा गाली गरेकाे आराेपमा एक युवा पक्राउ

प्रधानमन्त्रीलाई फेसबुकमा गाली गरेकाे आराेपमा एक युवा पक्राउ
+
-

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत गाली गरेको भन्दै कैलालीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय लम्कीले माथिको निर्देशन भन्दै लम्कीकै २६ वर्षीय हृदय उपाध्यायलाई पक्राउ गरेको हो। पक्राउ परेका उपाध्याय नेपाल विद्यार्थी संघका नेता समेत भएको बुझिएको छ।

अपराध महाशाखा टेकु काठमाडौँले साईबर अपराध अन्तर्गत ईलाका प्रहरी कार्यालय लम्कीलाई पक्राउ गर्न दिएको आदेशका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

उपाध्यायलाई अपराध महाशाखा टेकु नै पठाईने इप्रका लम्कीले जनाएको छ।

उपाध्यायले केही दिन पहिले फेसबुकमा प्रधानमन्त्रीलाई लक्षित गर्दै ‘मुलुक हाक्ने उखाने हप्तै पिच्छे स्वास्थ्य परिक्षण गर्न सिङ्गापुर उड्छन् विचरा जनता’ भन्दै स्टाटस लेखेका थिए।

यस्तै उनले फेसबुक स्टाटसमै, ‘मृगौलाले काम गर्न छाडे जे हुन्छ राम्रो हुन्छ शुभ समाचार सुन पाइन्छ’ लेखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?