सीमा सुरक्षा वार्ता टोली हिल्सातर्फ जाँदै, मानसरोवर यात्रा सहज पार्न कुरा हुने

सीमा सुरक्षा वार्ता टोली हिल्सातर्फ जाँदै, मानसरोवर यात्रा सहज पार्न कुरा हुने
+
-

सिमकोट – यस पटक ताक्लाकोटमा हुने सीमा सुरक्षा वार्तामा भाग लिन प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईको टोली हिल्सातर्फ जाने भएको छ । बर्सेनि रुपमा सीमा सुरक्षाका विषयमा दुई देशका स्थानीय अधिकारीबिच हुने वार्तामा सहभागिता जनाउने सो टोली हिल्सातर्फ जान लागेको हो ।

मंगलबार चीनको बुराङ काउण्टीको ताक्लाकोटमा हुने सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली सोमबार हिल्सातर्फ लाग्ने प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन् ।

वार्ताका लागि नेपाली पक्षले सीमानामा सामान आयात तथा निर्यात, सीमा सुरक्षा, सीमानामा हुने अबान्छित गतिबिधि र दुई देशका बिच सीमानामा हुन सक्ने कुनै पनि नकारात्मक गतिबिधी नियन्त्रणका विषयमा कुरा उठाउने जनाएको छ ।

त्यो सँगै वार्ताका क्रममा नेपाली पक्षले धेरै पहिले देखि हुम्लाबासीले मानसरोवर कैलाशको धार्मिक यात्रा सहज रुपमा गर्दै आएको सन्दर्भमा केही वर्ष यता मानसरोवर कैलाशको धार्मिक यात्रा स्थानीयलाई गर्न नदिएको सन्दर्भमा त्यसलाई सहज बनाउन पहल गरिने भएको छ ।

वार्ताका क्रममा ताक्लाकोटबाट दैनिक उपभोग्य सामानहरु, विकास निर्माणका सामाग्री नेपालतर्फ आयातमा पनि कडीकडाउ हुँदै आएको र त्यस विषयमा नेपाली पक्षले कुरा उठाउने भएको छ ।

त्यसै गरि विकास निर्माणका लागि आवश्यक पर्ने इन्धन आपूर्तिमा देखिएको समस्याका बिषयमा पनि नेपालले आफ्नो कुरा राख्ने प्रजिअ भट्राईले बताइन् । यी कुराहरु उठाउन स्थानीयबासीहरुले वार्ता टोलीलाई अनुरोध गरेका थिए ।

बर्सेनि रुपमा सीमा सुरक्षाका विषयमा दुई देशका स्थानीय अधिकारीका बिच हुने वार्ता यस बर्ष केही समय ढिलो भएको हो । सीमा वार्ताका लागि प्रजिअ भट्टराई, सीमा जोडिएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामा, सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा र खार्पुनाथ खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलको पनि सहभागिता रहने छ ।

त्यसै गरि प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तिमगर, शसस्त्र प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डीएसपी सञ्जिप चौधरी पनि वार्ता टोलीमा सहभागी छन् ।

यसअघि सुरक्षा अधिकारीलाई मात्र सीमा वार्ताका लागि आमन्त्रण गर्दै आएकोमा यस पटकबाट सीमा जोडिएका गाउँपालिकाका अध्यक्षहरुलाई पनि चिनीया पक्षले आमन्त्रण गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?