टीकापुर घोषणापत्र जारी गर्दै सकियो थरुहट सम्मेलन

टीकापुर घोषणापत्र जारी गर्दै सकियो थरुहट सम्मेलन
+
-

टीकापुर – भदौ ७ गतेदेखि टीकापुरमा जारी थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय राष्ट्रिय मोर्चा गठन गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट गठित मोर्चाको संयोजक थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनाको अभियोगमा ४२ महिना जेल जीवन बिताएर बाहिर आएका हुन् ।

तीन दिन सम्म चलेको सम्मेलनले सशक्त आन्दोलन,थरुहट÷थारुवानको आगामी कार्यदिशा सहितको १५ बुँदे टीकापुर घोषणापत्र जारी गरेको छ ।

मोर्चाका प्रवक्ता मीनराज चौधरीका अनुुसार सम्मेलनले पुुनः थरुहट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनुको साथै पहिचान पक्षधरलाई एकताबद्ध गरेकोे छ । बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको र सद्भाव कायम गर्न राज्यले नै तदारुकता अपनाउन पर्ने सम्मेलनले पुष्टि गरेको सम्मेलनपछि जारी गरिएको १५ बुँदे घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा तराई मधेशमा जारी आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लाल सहितको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ ।
भदौ ८ गतेको दिन कर्फ्यू जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने र संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएको १३ बुँदे सहमति कार्यान्वयन गर्न समेत घोषणा पत्रमार्फत जोडदार माग गरिएको छ ।

यस सँगै घोषणा पत्रमा हालको ७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने, जातीय पृष्ठभूमिको आधारमा पहिचान सहितको १० जोड १ को थरुहट/थारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग उल्लेख छ । साथै संघीय निजामती ऐन सशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोक सेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन बाँकी मूलबासी तथा जातिलाई सूचीकृत गर्नुपर्ने, माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा मानेर सार्वजनिक बिदा दिनुपर्ने, अष्टिम्की, अट्वारी लगायत पर्वमा प्रदेश सरकारले स्थानीय बिदा दिनुपर्ने माग पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

नवगठित मोर्चाले तराईका जिल्लामा मुठी दान अभियान सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ । साथै घोषणा पत्रमा थरुहट शहीद परिवार, घाइते, राजबन्दी तथा परिवारको भरणपोषण तथा आश्रित बालबालिकाको शिक्षा दीक्षाको लागि थरुहट मुठीदान अभियान चलाउने उल्लेख गरिएको छ ।

सम्मेलनले ३ चरणको आन्दोलनको गर्ने तय गरेको छ । पहिलो चरण अन्तर्गत तराई जिल्लामा प्रचारात्क तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाउने भएको छ । दोसो चरणमा मोर्चाले कोणसभा, विरोधसभा, र्‍याली, जनप्रदर्शनका कार्यक्रमलाई तराईका जिल्लामा सशक्त रुपमा सञ्चालन गर्ने रणनीति तय गरेको छ । सोहीबीचमा तराईको जिल्लाको १० ठाउँमा आमसभा गर्ने जनाएको छ ।

मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने जनाएको छ । संविधानमा रहेका असहमति र विरोध रहेका धारा र उपधारालाई तराईका जिल्लामा विभिन्न कार्यक्रम गरी जलाएर कालो दिन मनाउने र सो दिन मोर्चाले थरुहट युवा दस्ता समेत प्रदर्शन गर्ने प्रवक्ता चौधरीले बताए ।

मोर्चाले आफ्नो तेस्रो चरणको कार्यक्रम अन्तर्गत थारु बहुल क्षेत्रमा लाठी जुुलुुश, मसाल जुुलुुश प्रदर्शन गर्ने, सरकारलाई असहयोग आन्दोलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?