चन्द्रयान–२ ले पठायो चन्द्र सतहको नयाँ तस्बिर

चन्द्रयान–२ ले पठायो चन्द्र सतहको नयाँ तस्बिर
+
-

भारतको चन्द्रयान–२ ले चन्द्रसतहको नयाँ तस्बिर पठाएको छ । चन्द्रयानले चन्द्र धरातल भन्दा ४ हजार ३७५ किलोमिटर माथिबाट परिक्रमा गर्दै तस्बिर खिचेको हो ।

चन्द्रयान–२ को ल्याण्डिङ्ग गर्ने दिन नजिकिँदै जाँदा इसरोका वैज्ञानिकले यसको गतिविधि वृद्धि गर्दै गइरहेका छन् ।

यसक्रममा इसरोका वैज्ञानिकले चन्द्रयान–२ मा रहेको टेरैन म्यापिङ्ग क्यामरा–२ सञ्चालित गरेर चन्द्र धरातलको तस्बिर खिचेका हुन् । २३ अगस्टमा खिचिएको तस्बिर इसारोले २६ अगस्टमा आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरेको हो ।

चन्द्रयान–२ ले खिचेको चन्द्र धरातलको यस तस्बिरमा ज्याक्सन, मच, कोरोलेभ र क्रेटर देखिएका छन् । चन्द्र सतहमा ठूल्ठूला खाडल रहेका छन् । पृथ्वीका वैज्ञानिकले यी खाडल (क्रेटर) लाई नामाकरण गरेका छन् । प्रायः चन्द्र खाडल (क्रेटर) को नाम चन्द्रयात्री वैज्ञानिकको नाममा राख्ने चलन रहेको छ ।

चित्रमा देखिएको ज्याक्सन क्रेटर चन्द्रमाको भागमा पर्छ । यस क्रेटरको व्यास ७ किलोमिटर रहेको छ।

प्रशिद्ध भारतीय भौतिकशास्त्री शिशिर कुमार मित्रको नामबाट ‘मित्र क्रेटर’ नामाकरण गरिएको खाडलको व्यास ९२ किलोमिटर छ ।
चित्रमा देखिएको कालोलेभ क्रेटरको व्यास ४३७ किलोमिटर छ । यस क्रेटरका वरिपरि थुप्रै स–साना क्रेटरहरु छन् ।

समरफिल्ड नामको क्रेटरको व्यास १६९ किलोमिटर छ र यो चन्द्रमाको उत्तरी भागमा छ । यो क्रेटर पर्वत शृङ्खलाबाट घेरिएको छ । यसको नाम प्रशिद्ध जर्मन भौपितकशास्त्री डा. अर्नोल्ड समरफील्डको नाममा राखिएको हो । डा. अर्नोल्ड ख्यातिलवध अणुविज्ञ र क्वाण्टम फिजिक्सका ज्ञाता थिए ।

यसैगरी चित्रमा देखिएको किर्कवुड क्रेटरको नाम प्रशिद्ध अमेरिकी अन्तरिक्ष यात्राी टेनियल किर्कवुडको सम्मानमा राखिएको हो । यस क्रेटरको व्यास ६८ किलोमिटर रहेको छ ।

चन्द्र सतहमा रहेका प्लासकेट (१०९ किमि) रोहडेस्टेन्वेन्सिकी (१७७ किमि) र हर्मिट क्रेटर ब्रह्माण्डकै चिसो ठाउँमा पर्छन् । यहाँको तापमान २५ केल्भिन अर्थात माइनस २४८ डिगी्र सेल्सियस हुन्छ ।

इसरोका अनुसार चन्द्रयान–२ को भौतिक अवस्था राम्रो छ । वैज्ञानिकहरुले २८ अगस्टमा पुनः यसको कक्ष परिवर्तन गरी यसलाई चन्द्रसतहको झनै नजिक लैजाने छन् । चन्द्रयान–२ ले ७ सेप्टेम्बरमा चन्द्रमामा अवरण गर्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?