भिरबाट लडेर गम्भिर घाइते महिलालाई थप उपचारका काठमाडाैँ पठाइयाे

भिरबाट लडेर गम्भिर घाइते महिलालाई थप उपचारका काठमाडाैँ पठाइयाे
+
-

सिमकोट-घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकी एक जना महिलालाई उपचारका लागि काठमाडौँ पठाइएको छ।

टाउको र छातीमा गहिरो चोट लागेपछि ताँजाकोट गाउँपालिका वडा नम्बर १ काँडागाउँबाट हेलिकोप्टरमार्फत उपचारका लागि जिल्ला अस्पताल ल्याइएकी खिउरा खड्कालाई जिल्ला अस्पतालले जिल्लामा उपचार गर्न नसकिने भन्दै काठमाडौँ रिफर गरिएको हो।

काँडा गाउँकी स्थानीय बासिन्दा ४३ बर्षीया खड्का घाँस काट्ने क्रममा लडेर घाईते भएको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको आफन्त छक्कीलाल खड्काले बताए। घाइते खड्का बोल्न र खाना खान सक्ने अवस्थामा छैनन्।

घाइतेको टाउकोमा घाउ धेरै ठूलो भएकोले घाउ सफा गर्ने र प्रारम्भिक उपचार गर्ने कार्य जिल्ला अस्पतालमा भएको डाक्टर दुर्गा सुर्खालीले बताए।

सबै कुरा हेर्न जिल्लामा नसकिने भएपछि बिरामीलाई सिधै काठमाडौँको वीर अस्पताल रिफर गरिएको हो।

बिरामीको अवस्था निक्कै जटिल भएको कारण जिल्लामा हेर्न नसकिने भएपछि काठमाडौँ रिफर गरिएको अस्पतालले जनाएको छ। घाईते खड्काले स्वास्थ्य बिमा गरेकोले उपचारमा केही सहज हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?