बृहत आनुवंशिक अध्ययनको निष्कर्ष

‘व्यक्तिलाई समलिंगी बनाउने जीन हुँदैन’

‘व्यक्तिलाई समलिंगी बनाउने जीन हुँदैन’
+
-

बृहत स्तरमा भएको आनुवंशिक अध्ययनबाट यो पुष्टि भएको छ कि कुनै पनि व्यक्ति समलिंगी अर्थात गे हुनुमा आनुवंशिक कारण छैन । झण्डै पाँच लाख व्यक्तिमा गरिएको आनुवंशिक अध्ययनबाट व्यक्तिलाई समलिंगी बनाउने एउटा पनि जिन नरहेको पुष्टि भएको हो ।

अनुसन्धान प्रतिवेदन साइन्स जर्नलमा प्रकाशित भएको छ । बेलायतको बायोबैंक तथा २३ एण्ड मी बाट लिइएका आनुवंशिक तथ्यांकहरुको अध्ययनबाट समलैंगितामा कुनै पनि आनुवंशिक कारण नरहेको देखिएको हो । तर समलैंगिक व्यवहारका लागि आनुवंशिक फ्याक्टरको सम्बन्ध २५ प्रतिशतसम्म देखिएको छ ।

अधिकारवादी संस्था ग्लाडले भनेको छ, ‘अध्ययनले पुष्टि गरेको छ कि प्रकृति वा पालनपोषणको प्रभाव गे वा लेस्बियन व्यक्तिको व्यवहारमा कुनै पनि प्रभाव रहँदैन ।’

अनुसन्धानकर्ताले चार लाख ७७ हजार ५०० सय व्यक्तिको आनुवंशिक संरनाको सम्पूर्ण अध्ययन गरेका हुन् । अनुसन्धानमा सहभागीलाई समलैंगिक यौन सम्बन्ध मात्रै कायम गरेको छ कि विपरित लिंगीसँग पनि यौन सम्बन्ध कायम गरेको छ भन्ने बारे पनि सोधिएको थियो ।

हार्वर्ड र एमआइटीका अनुसन्धानकर्ताले बृहत अध्ययनबाट कुनै पनि व्यक्ति गे वा लेस्बियन बन्नुमा आनुवंशिक कारण नरहेको पुष्टि गरेका हुन् । तर समलैंगिक व्यक्तिको व्यवहारमा भने ८ देखि २५ प्रतिशतसम्म समानता देखिने अनुसन्धानबाट थाहा भयो ।

पाँचवटा विशेष जेनेटिक भेरिएन्टसहरु भने पाइए जुन विशेष रुपमा समलैंगिक व्यवहारसँग सम्बन्धित छन् । त्यसमध्य एक सुँघ्ने पाथवेसँग सम्बन्धित छ भने अरु चारवटा समलैंगिक हर्मोनसँग सम्बन्धित रहेका छन् । तर समलैंगिक व्यवहारमा तिनीहरुको समग्र प्रभाव भने एक प्रतिशत भन्दा कम हुने देखियो ।

अनुसन्धानमा संलग्न मासाचुसेट्स जनरल हस्पिटलमा एनालिटिक एण्ड ट्रान्सलेसनल जेनेटिक्स युनिटका एसोसिएट प्रोफेसर बेन निएलीले भने, ‘एउटा पनि गे जिन पाइएन र कुनै व्यक्ति समलैंगिक हो वा होइन भनेर गरिने जेनेटिक परीक्षणको कुनै फाइदा छैन । कुनै पनि व्यक्तिको यौन व्यवहारबारे उनीहरुको जेनोमबाट भन्न विलकुलै सकिँदैन ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?