
भारतको हरियाणा राज्यको पंचकूला निवासी आठ कक्षा पढ्ने छात्रा निष्ठा शर्मालाई भारत सरकारबाट निम्तो प्राप्त भएको छ । भारत सरकारबाट प्राप्त यस निम्तोमा, उनलाई ७ सेप्टेम्बरमा बंगलुरुको भारतीय अंतरिक्ष अनुसन्धान संगठनको नियन्त्रणकक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बसेर चन्द्रयान–२ को ल्यान्डिङ्ग हेर्ने सम्मानजनक र ऐतिहासिक क्षणको द्रष्टा बनने गौरवमय अवसर प्रदान गरिएको छ ।
भारतको चन्द्र अभियान–२ को प्रचार प्रसार गर्ने उद्देश्यले भारत सरकारले एउटा प्रतियोगित आयोजित गरेको थियो । यसमा प्रतियोगीले निश्चित समयसीमाभित्र सोधेको प्रश्नको उत्तर दिनुपर्ने थियो र उपहारस्वरुप प्रधानमन्त्रीसँग बसेर यानको अवतरणको ‘लाइभ टेलीकास्ट’ हेर्ने सम्मानजनक व्यवस्था गरिएको थियो ।
निष्ठा शर्मालाई अंतरिक्ष विज्ञानमा अति रूची रहेको र ऊनी भविष्यमा ‘एस्ट्रोनट’ बन्न चाहन्छिन् । यस्तोमा उनकी आमा प्रीति शर्माले उनलाई यो प्रतियोगिता जितेर देखाउन चुनौती दिईन। निष्ठाले आमाले दिएको चुनौती स्वीकार गरिन् । उनले प्रतियोगितामा भाग लिएर ७ मिनट भित्र १० प्रश्नको उत्तर दिएर यो गौरव हाँसिल गरिन् ।
२८ अगस्तमा उनलाई भारत सरकारबाट ईमेलका माध्यमले विजेता घोषणा गरेको जानकारी प्राप्त भयो । अब ऊनी ७ सेप्टेम्बरका दिन नरेन्द्र मोदीसँग बसेर चन्द्रयान–२ को ‘मुन ल्यान्डिङ्गको लाईभ टेलिकास्ट’ हेर्नेछिन् ।
भारत सरकारले यो प्रतियोगिता १० देखि २५ अगस्तसम्म सञ्चालित गरेको थियो । यस्मा प्रतियोगीले १० मिनटमा २० वटा प्रश्नको जवाफ दिनु पर्ने थियो । सर्वाधिक अंक प्राप्तकर्तालाइ विजेता घोषित गर्ने नियम रहेको थियो ।
निष्ठा शर्माका अतिरिक्त अन्य कैयन विद्यार्थीले यो सम्मानजनक अवसर पाएका छन् । अहिलेसम्म प्राप्त जानकारीका अनुसार प्रतियोगितामा भारतका प्रत्येक राज्यबाट २–२ जाना विधार्थीलाई विजेता घोषित गरिएको छ ।
उत्तर प्रदेश राज्यको जौनपुर जिल्ला निवासी मिजोरम राज्यको केन्द्रीय विद्यालयमा १० कक्षा पढ्ने आन्या सिंहको चयन मिजोरम राज्यको कोटामा भएको छ। झारखण्डको रांचीबाट ९ कक्षा पढ्ने मृदुला धुर्वालाई पनि यो अवसर प्राप्त भएको छ । दिल्लीका ९ कक्षा पढ्ने विद्यार्थी मानोग्य सिंहलाई पनि यो अवसर प्राप्त भएको छ ।