
एजेन्सी-भारतीय चन्द्र यान-२ आइतबार १ सेप्टेम्बरमा चन्द्रमाको सबैभन्दा तल्लो ओर्बिटमा प्रवेश गर्नेछ। यस पाँचो र अंतिम ओर्बिटमा ‘यानको प्रवेश गर्ने समय बेलुकी ६ बजे पश्चात् ‘ निर्धारित गरिएको छ।
चन्द्र यान -२ माथि भारतको अन्तरिक्ष एजेन्सी इसरोको मात्रै होइन, ‘संसारका अन्य धेरै अन्तरीक्ष ऐजेन्सीले’ नियालिरहेका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका पूर्व अन्तरीक्षयात्री डोनाल्ड ऐ थॉमसका अनुसार नासाले यस भारतीय अभियानबारे गहिरो अभिरुचि राखेको छ।
ऊनी भन्छन ,’अपोलो कार्यक्रम अन्तर्गत अमेरिकाले चन्द्रमाको मध्यभागमा आफ्ना मानिस अवतरण गराएको थियो।चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै यान ओर्लेका छैनन्।’
भारत भ्रमणमा रहेका डोनाल्डले तमिलनाडुको कोयम्बटूरस्थित पार्क कलेज ऑफ़ इंजीनिरिंगमा पत्रकारहरुसंग कुराकानी गर्दै भने-चन्द्रमाको दक्षिणी ध्रुव अत्यन्त महत्वपूर्ण छ।
नासाका विशेषज्ञले त्यहा हिउँ पाइने सम्भावना व्यक्त गरेका छन्। यदि त्यहा हिउँ पाइन्छ भने मान्नुस्, निश्चय पनि त्यहा तरल पानी पनि पाइन्छ।तरल पानीको अर्थ हाइड्रोजन र अक्सीजन दुवै पाइनु हो।
उनका अनुसार सन २०२४ मा नासाले चन्द्रमाको दक्षिणी ध्रुवमा मानिस ओराल्ने योजना बनाएको छ।यस्तोमा नासाका लागि भारतीय यानले चन्द्रमाको दक्षिणी ध्रुवमा ओर्लिनु चासो र अध्ययन को विषय हो।चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि देशले यान पठाएको छैन।
डोनाल्ड थोमस सन १९९० को जनवरीदेखि जुलाई २००७ सम्म नासासँग सम्बन्धित थिए। उनले आफ्नो जीवनकालमा १०४० घन्टाको समय अन्तरीक्षमा रहेर पृथ्वीको परिक्रमा गर्दै बितायएका छन्।
ऊनी नासाको एसटीएस -६५ कोलंबिया , एसटीएस -७० डिस्कवरी ,एसटीएस -८३ कोलंबिया र एसटीएस-९४ कोलम्बिया अभियान अन्तर्गत अन्तरीक्षमा गएका थिए। उनले अन्तरीक्षबाट पृथ्वीका ७०० भन्दा बढ़ी फन्को लगाएका छन्।
भारत चन्द्रयान -२ ले आज १ सेप्टेम्बरमा चन्द्रमाको अंतिम ओर्बिटमा प्रवेश गर्न गइरहेको छ। इसरोले उपलब्ध गराएको जानकारी अनुसार भोलि २ सेप्टेम्बरमा चन्द्रयान -२ को मुख्ययान ओर्बिटर र ल्याण्डर ‘अन डक’ गरिने छन्।
‘अनडक’ गरिए पश्चात् ओर्बिटरले आकाश माथिबाटै चन्द्र परिक्रमा गरिरहनेछ भने अर्को यान ल्याण्डर चन्द्र अवतरण गर्नका लागि अघि बढ़नेछ। ७ सेप्टेम्बरको बिहान ल्याण्डरले चन्द्रमाको धरातल स्पर्श गर्ने छ।ल्याण्डरले अवतरण गरेको केही समय पश्चात् यसभित्र रहेको ‘रोवर प्रज्ञान’ले बाहिर आएर चन्द्रधरातल भ्रमण प्रारम्भ गर्नेछ।