चन्द्रयान–२ अभियानमा इसरोको अग्निपरीक्षा

चन्द्रयान–२ अभियानमा इसरोको अग्निपरीक्षा
+
-

भारतीय अंतरिक्ष अनुसन्धान संस्थान इसरोका लागि सोमबार (२ सेप्टेम्बर) को दिन सहज छैन । अपराहन्न १२ बजेर ४५ मिनेटदेखि १३ बजेर १५ मिनेटको बिचमा इसरोले आफ्नो दोश्रो चन्द्र अभियान अन्तर्गत एउटा ठूलो चुनौती पार गर्नुछ।

त्यो चुनौती हो, चन्द्र सतहदेखि ११९.१२७ किमीमाथिको आर्बिटमा गतिपूर्वक चन्द्र परिक्रमा गरिरहेको मुख्ययान आर्बिटरसँग संयुक्तरहेको ल्याण्डर विक्रम नाम रहेको अर्को यानलाई ‘अनडक’ गर्नु ।

चन्द्रयान–२ अभियान अन्तर्गत आइतबारसम्म इसरोका वैज्ञानिकले जे जे क्रियाकलाप र चन्द्रयानमा जे जे परिवर्तन गरे त्यो सबैको इसरोसँग पूर्व अनुभव थियो । २००८ को पहिलो चन्द्रयान अभियानमा इसरोले यी सबै गतिविधि मंचन गरी अनुभव हाँसिल गरिसकेको हो ।

जस्तो कि १ सेप्टेम्बरमा इसरोले चन्द्रयानलाइ चन्द्रमाको ११९.१२७ किमी माथिको आर्बिटमा स्थापित गर्यो । यसभन्दा पूर्व ३० अगस्त, २८ अगस्त, २१ अगस्तमा चन्द्रयानलाई पटक पटकको प्रयासमा झन झन तल्लो चन्द्र आर्बिटमा स्थापित गरिने कार्य इसरोले गर्यो ।

पृथ्वीको आर्बिट छाडेर चन्द्रमाको दिशातिर अनन्त आकाशमा वेगले उड्दै गइरहेको चन्द्रयानको गति कम गरेर चन्द्रयानलाई चन्द्रमाको आर्बिटमा प्रवेश गराउनु र यसभन्दा पहिलाका तमाम अप्रेसन गर्नुको इसरोसँग अनुभव थियो ।

इसरोको पहिलो चंद्र अभियान चन्द्रमाको आर्बिटसम्मको अभियान मात्रै थियो । त्यस अभियानमा चन्द्रयान आर्बिट मै रह्यो, चन्द्र अवतरण गर्ने अभियान थिएन त्यो । तर दोस्रो अभियानमा इसरो चन्द्र अवतरण गर्न गइरहेछ।

इसरोका चेयरम्यान के सिवनका अनुसार २ सेप्टेम्बरको अप्रेसन यस मिसनको पहिलो सबैभन्दा ठूलो अग्निपरीक्षा हो । ‘आर्बिटर र ल्याण्डरको ‘सेप्रेसन’ हामी पहिलोपटक गर्न गईरहेका छौँ । यो सेप्रेसन अत्यन्त गतिमा गतिमान रहेको आर्बिटरबाट गर्नुछ ।’ यो झन्डै त्यै प्रक्रिया हो जुन कृतिम उपग्रहलाई लाञ्चर राकेटबाट बेग्लै गर्दा गर्ने गरिन्छ । ‘यसलाई यसरी बुझौँ–अहिले चन्द्रयान–२ का दुईवटा यान संयुक्त छन्। आजको हाम्रो काम इंट्रीग्रेटेड रहेका दुवै यानलाई पृथक गर्नु हो । इंट्रीग्रेटेड रहेका दुबै स्पेसक्राफ्टलाई हामी बैंग्लोरबाट (नियंत्रण कक्षबाट) कमाण्ड पठाउँछौँ, हाम्रो कमाण्ड पाएर इंट्रीग्रेटेड यानको अनबोर्ड सिस्टमले यसलाई एग्जिक्यूट गरेर (निर्देशअनुसार पालना गरेर) आर्बिटरबाट ल्याण्डरलाई सेप्रेट गर्छ ।’

उनले भनेका छन्, ‘यसपछि हाम्रो दायित्व झनै बढ्छ । अहिलेसम्म हामी एउटै यानलाई नियन्त्रित गरिरहेका छौँ, सेप्रेसन पश्चात् हामीले दुईवटै यानलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ ।’

इसरोले पहिलोपटक ३८४००० किमी टाढा रहेको इंट्रीग्रेटेडु यानलाई सेप्रेट गर्न गईरहेका छ । नौलौ काममा उत्तेजना हुनु, नर्भसपना आउनु स्वाभाविक नै हो । इसरोका वैज्ञानिक उत्तेजना र तनावका साथै उत्साह र आफ्नो दक्षतामा विश्वासका साथ अप्रेसनको समय पर्खीरहेका छन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?