भारतीय स्पेस एजेन्सीले रच्यो इतिहास

भारतीय स्पेस एजेन्सीले रच्यो इतिहास
+
-

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले नयाँ इतिहास रचेको छ। २ सेप्टेम्बर २०१९ का दिन आफ्नो दोस्रो चन्द्रयान अभियान अन्तर्गत इसरोका वैज्ञानिकले ३ लाख ८४ हजार किमि टाढा उडिरहेको चन्द्रयान–२ को मुख्ययान आर्बिटरबाट चन्द्रअवतरण गर्ने अर्को यान ल्याण्डर विक्रमलाई पृथक गरेका छन्।

यो काम सम्पन्न गर्नासाथ इसरो विश्वकै पाँचौ यस्तो एजेन्सी बन्न पुगेको छ जसले पृथ्वीबाट लाखौं किमी टाढा उडिरहेको यानलाई पृथ्वीबाट कमाण्ड पठाएर इन्टिग्रेटेड रहेका यानलाई बेग्लाबेग्लै बनाएको छ। यसभन्दा पहिला यो श्रेय रुस, अमेरिका, चीन, र इजरायलका अन्तरिक्ष एजेन्सीलाई मात्रै प्राप्त थियो।

इसरोले सार्वजनिक गरेको विज्ञप्ति अनुसार २ सेप्टेम्बर सोमवारका दिन दिउँसो १३ बजेर १५ मिनेटमा चन्द्रमाको ११९x१२७ किमी तल्लो आर्बिटमा उडिरहेको आर्बिटरबाट अर्को यान ल्याण्डर विक्रमलाई बेग्लै गरिएको हो।

ल्याण्डर विक्रमले आर्बिटरबाट बेग्लै भएर चन्द्र परिक्रमा थालेको छ।

पृथक भएका दुबै यानको नियन्त्रण बंगलुरुस्थित ‘मिसन अपरेसन कम्प्लेक्स’ मा रहेको ‘इसरो टेलिमेट्री ट्रेकिंग एण्ड कमाण्ड नेटवर्क’ र ‘इंडियन डीप स्पेस नेटवर्कले संयुक्त रुपमा गरिरहेका छन्।

इसरोका अनुसार दुबै यानको अवस्था एकदम ठीक छ।

आर्बिटर अब यसै आर्बिटमा अर्को एकवर्षसम्म परिक्रमा गरिरहनेछ। इसरोले भोलि अर्थात ३ सेप्टेम्बरका दिन ल्याण्डर विक्रमको रंजन प्रज्वलित गरेर यसलाई झन तल्लो आर्बिट १०९x१२० किमिमा स्थापित गर्नेछ। ४ सेप्टेम्बरमा ल्याण्डरलाई ३६x११० किमीमा पुर्‍याइनेछ। ल्याण्डरले ५ र ६ सेप्टेम्बरमा यसै आर्बिट ३६x११० बाट चन्द्र परिक्रमा गरिरहनेछ। ल्याण्डरलाई चन्द्रअवतरण गराउने प्रक्रिया ७ सेप्टेम्बरमा गरिने छ। प्रक्रिया प्रारम्भ भएको १–२ घन्टामै यसले चन्द्र धरातल टेक्नेछ।

यो पनि पढ्नुहोस्

चन्द्रयान- २ ले पठाएको चन्द्रमाको पहिलो तस्बिरमा के छ?

चन्द्रयान- २ ले पठाएको चन्द्रमाको पहिलो तस्बिरमा के छ?

चन्द्रयान-२ अब चन्द्रमाको सबैभन्दा तल्लो ओर्बिटमा स्थापित

चन्द्रयान-२ अब चन्द्रमाको सबैभन्दा तल्लो ओर्बिटमा स्थापित

चन्द्रयान-२ले  पहिलो पटक पठायो पृथ्वीको सुन्दर तस्बिर

चन्द्रयान-२ले पहिलो पटक पठायो पृथ्वीको सुन्दर तस्बिर

चन्द्रयान-२ले  चन्द्रमाको पहिलो तस्बिर पृथ्वीमा पठायो

चन्द्रयान-२ले चन्द्रमाको पहिलो तस्बिर पृथ्वीमा पठायो

चन्द्रयान–२ अभियानमा इसरोको अग्निपरीक्षा

चन्द्रयान–२ अभियानमा इसरोको अग्निपरीक्षा

चन्द्रयान–२ लाई महत्वपूर्ण सफलता, प्रवेश गर्‍यो चन्द्रमाको कक्षमा

चन्द्रयान–२ लाई महत्वपूर्ण सफलता, प्रवेश गर्‍यो चन्द्रमाको कक्षमा

चन्द्रयान–२ ले पठायो चन्द्र सतहको नयाँ तस्बिर

चन्द्रयान–२ ले पठायो चन्द्र सतहको नयाँ तस्बिर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?